Trending
>>   माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप >>   नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकः जनार्दन शर्मा >>   सवारी तथा यातायात व्यवस्था (दशौँ सशोधन) नियमावली, २०८१ स्वीकृत >>   मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली >>   अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली >>   पोखरा विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भयोः क्यान महानिर्देशक अधिकारी >>   पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान >>   विदेशी मुलुकसँगको संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशका लागि संसदीय मैत्री समूह गठन >>   सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित >>   निश्चित योग्यता पुगेका व्यक्तिले मात्रै हिमाल चढ्न पाउने व्यवस्था गर्छौंः मन्त्री पाण्डे
Logo
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु


काठमाडौँ। बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निने गर्दछ।

बाथ रोगका धेरै प्रकारहरु हुने भएपनि सामान्यता गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस बाथ धेरैमा देखिने गरेको छ। यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ।

बाथ रोग भिभिन्न कारणले हुने गर्दछ। यो वंशाणुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धूवाँले यस्तो बाथलाई बढाउने देखिन्छ। यस्तोखाले बाथमा गेडागुडी, दाल वा माछामासु खाएर केही फरक पर्दैन। बासी, चिसो हावापानी तथा चुरोटको धूवाँबाट भने सकभर बच्नुपर्छ।बाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गर्न सक्नुपर्छ।

लक्षणहरूः

१. हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने

२. यसले ज्वरो आउने

३. आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता

४. छालामा निको नहुने घाउ आउने

५.आँखा रातो हुने तथा दुख्ने

६.फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने

७.फोक्सोबाहिर पानी जम्ने

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?