Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ मा शुरु


काठमाडौँ। सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ आईतवारदेखि शुरु भएको छ ।

त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालको संयुक्त आयोजनामा ’सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन २०२४’ आयोजना भएको हो । बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (क्यामेरा भवन)मा दुई दिन चल्ने सम्मेलनमा अनुसन्धानात्मक कार्यपत्र प्रश्तुति, विषयगत छलफल तथा मिडिया क्षेत्रका समसामयिक विषयहरूमा विमर्श भएको छ । आईतवारको उद्घाटन सत्रमा वरिष्ठ पत्रकार तथा प्राध्यापक पी. खरेलले बहुमाध्यमको युगमा विभाजित पाठक शिर्षकका विषय सम्मेलनमा राख्नुभयो । सम्मेलनमा दक्षिण एशियाका सञ्चार, मिडिया र पत्रकारिता क्षेत्रका विद्वानहरूको कार्यपत्र प्रश्तुतीकरण, विशेष व्याख्या हुनेछ । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत मुलुकका विज्ञहरूको सहभागिता रहेको छ ।

सम्मेलनको पहिलो दिन दुईवटा सत्रमा तीनवटा विशेष प्रश्तुतिसहित १५ वटा अनुसन्धानमूलक कार्यपत्र प्रश्तुत भएको छ । सोमवार कृत्रिम बुद्धिमत्ता (एआई) युगमा मिथ्यासूचनाको सामना, मिडिया र भ्रष्टाचार, पत्रकारिताको दिगोपना, मिडिया शिक्षाको भविष्य, पत्रकारिताको भविष्य र मिडिया–राज्य सम्बन्ध लगायतका विषयमा प्यानल छलफल हुने आयोजकले जनाएको छ ।
नेपाली पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?