Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ मा शुरु


काठमाडौँ। सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ आईतवारदेखि शुरु भएको छ ।

त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालको संयुक्त आयोजनामा ’सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन २०२४’ आयोजना भएको हो । बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (क्यामेरा भवन)मा दुई दिन चल्ने सम्मेलनमा अनुसन्धानात्मक कार्यपत्र प्रश्तुति, विषयगत छलफल तथा मिडिया क्षेत्रका समसामयिक विषयहरूमा विमर्श भएको छ । आईतवारको उद्घाटन सत्रमा वरिष्ठ पत्रकार तथा प्राध्यापक पी. खरेलले बहुमाध्यमको युगमा विभाजित पाठक शिर्षकका विषय सम्मेलनमा राख्नुभयो । सम्मेलनमा दक्षिण एशियाका सञ्चार, मिडिया र पत्रकारिता क्षेत्रका विद्वानहरूको कार्यपत्र प्रश्तुतीकरण, विशेष व्याख्या हुनेछ । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत मुलुकका विज्ञहरूको सहभागिता रहेको छ ।

सम्मेलनको पहिलो दिन दुईवटा सत्रमा तीनवटा विशेष प्रश्तुतिसहित १५ वटा अनुसन्धानमूलक कार्यपत्र प्रश्तुत भएको छ । सोमवार कृत्रिम बुद्धिमत्ता (एआई) युगमा मिथ्यासूचनाको सामना, मिडिया र भ्रष्टाचार, पत्रकारिताको दिगोपना, मिडिया शिक्षाको भविष्य, पत्रकारिताको भविष्य र मिडिया–राज्य सम्बन्ध लगायतका विषयमा प्यानल छलफल हुने आयोजकले जनाएको छ ।
नेपाली पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?