Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर


काठमाडौँ । राँगा,भैँसी पालनको सुनिश्चितता गर्दै  युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्छः मन्त्री अधिकारी
नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ ।

सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लि.बीच उक्त सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको बताए । उनले नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने समेत बताए ।

उनले नेपालमा राँगा,भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने बताए । नयाँ—नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

उनले भने , ‘यो सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगाको रुपमा रहेको कुरा यहाँ राख्न चाहन्छौं । नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा,भैंसी पालनका लागि थप प्रोत्साहित गरेको छ । नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको छ । हामीले यो हावापानीमा उत्पादन गर्ने नेपाली मौलिक उत्पानको मात्रा धेरै नभएपनि यसको महत्व भने ठूलो छ । नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको छ । नेपालमा भैँसी पालनको सुनिश्चित गर्न आवश्यक छ । हामीले युवालाई पनि यस पेशामा जोडेर पुस्तान्तरण गर्न जरुरी छ । पशु पालनका सन्दर्भमा नयाँनयाँ प्रविधिको प्रयोग गर्दै युवाहरुलाई पशुपालनतिर आकर्षण गर्न सकिन्छ ।’

चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले स्वदेशमा रोजगारीको अवसर बढ्ने उनको विश्वास छ ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?