Trending
>>   नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छः प्रधानमन्त्री >>   सुदूरपश्चिमसँगको हारलाई बिर्सेर खेल्यौं : शेर मल्ल >>   विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री >>   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने >>   सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण जरुरी : नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा >>   सरकारले निःशुल्क भएका औषधिको लुकिछिपी विक्री वितरण गर्नेहरुमाथि निगरानी गर्न आवश्यक : सांसद देवेन्द्र पौडेल >>   संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छः स्वास्थ्यमन्त्री पौडेल >>   कालीगण्डकी करिडोरः पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो >>   एनपिएलः पोखरासँग सुपरओभरमा पराजित भएसँगै लिग चरणबाट बाहिरियो विराटनगर >>   पावर प्लेमा बलिङ गर्न तयार थिएँ, नतिजाले गलत सावित भयो–सन्दीप लामिछाने
Logo
२७ मंसिर २०८१, बिहीबार
२७ मंसिर २०८१, बिहीबार

सुदूरपश्चिमसँगको हारलाई बिर्सेर खेल्यौं : शेर मल्ल


काठमाडौँ। जनकपुर बोल्ट्सका शेर मल्लले अघिल्लो खेल खराब दिनको रूपमा लिएर अघि बढ्दा काठमाडौं गुर्खाजविरुद्ध जित सम्भव भएको बताएका छन् ।

सुदूरपश्चिमविरुद्ध फराकिलो हारपछि आफ्नो टोलीले राम्रो त्यसलाई बिर्सेर उच्च आत्मबलका साथ खेल्दा सफल भएको शेरले बताए । उनले पछिल्लो खेलमा राम्रो नभए पनि काठमाडौं गुर्खाजविरुद्ध जित निकाल्ने लक्ष्य लिँदै सोही अनुरूप प्रदर्शन पनि गरेको बताए । उनले लक्ष्य ठूलो नभए पनि ब्याटिङ गर्न सहज नहुने भएकाले समालिएर खेलेको उल्लेख गरे । छिट्टै चार विकेट जाँदा कठिन भएको उनी बताउँछन् । तर जिमी निसमले जित दिलाउन सक्छन् भन्ने टोलीमा विश्वास रहेको उनको भनाइ छ ।

टोलीमा रहेका सबै खेलाडीमा आफू जित दिलाउन सक्षम छु भनेर खेल्दा जनकपुरले राम्रो नतिजा निकालिरहेको उनको भनाइ छ । शेरले भारतमा बलिङ प्रशिक्षण लिएकाले केही भेरिएसनमा बलिङ गर्न मद्दत मिलेको बताएका छन् । उनले सुरुका खेलमा शीर्ष क्रम र अहिले मिडल अर्डरबाट साथ पाएको उल्लेख गरे । तर, आगामी खेलमा सबैले राम्रोसँग ब्याटिङ गर्ने उनको विश्वास छ । काठमाडौंका स्टेफन इस्किनाजीले यो पिचमा ब्याटिङ गर्न सहज नभएको बताए । काठमाडौंले ब्याटिङमा राम्रो गर्न नसक्दा नै खेलमा हारको मुख्य कारण रहेको उनको भनाइ छ । तर, जिमी निसिमले उत्कृष्ट ब्याटिङ गरेको उनी बताउँछन् । आफ्नो लागि टियुमा ब्याटिङ गर्नु रमाइलो र अद्भूत अनुभूति रहेको उनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?