Trending
>>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल >>   डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो >>   देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला >>   प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण जरुरी : नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा


काठमाडौँ । बैठकमा बोल्दै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण जरुरी रहेको बताए । उनले  सरकारले अस्पतालहरुको निगारनी, नियमनमा जोड दिन आवश्यक रहेको बताए । उनले  अन्तरमन्त्रालय समन्वय, पहल गरेर भएपनि कानूनी अफ्ठ्यारा फुकाउनुपर्ने र सहज उपचारको वातावरण बनाउनुपर्ने बताए  ।

उनले  भने , ‘सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण गर्न कसरी सकिएला मुख्य प्रश्न त्यो हो । गुणस्तर, नियमनको काममा हामी ध्यान दिऔँ । यसमा अन्तरमन्त्रालय समन्वय, पहलको कम गरौँ । अफ्ठ्यारो भएका कानूनी विषयहरु फुकाउनु पर्छ । गुणस्तर मापन, रोगसँग जोडिएको कुरा, साझा स्वास्थ्यको कुरा, औषधि वितरण मूल्यको कुरा छ, बीमा सम्बन्धी जोडिएको छ । त्यो कुराई स्पष्ट हुनेगरी समन्वयकारी भुमिका खेल्नुपर्छ ।’

समितिको बैठकमा औषधि वितरण, मूल्य, बीमा, साझा स्वास्थ्यको विषयमा स्पष्ट रुपमा समन्वयकारी भुमिका स्वास्थ्य मन्त्रालयले खेल्नुपर्नेमा जोड दिए  ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?