Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण जरुरी : नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा


काठमाडौँ । बैठकमा बोल्दै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण जरुरी रहेको बताए । उनले  सरकारले अस्पतालहरुको निगारनी, नियमनमा जोड दिन आवश्यक रहेको बताए । उनले  अन्तरमन्त्रालय समन्वय, पहल गरेर भएपनि कानूनी अफ्ठ्यारा फुकाउनुपर्ने र सहज उपचारको वातावरण बनाउनुपर्ने बताए  ।

उनले  भने , ‘सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण गर्न कसरी सकिएला मुख्य प्रश्न त्यो हो । गुणस्तर, नियमनको काममा हामी ध्यान दिऔँ । यसमा अन्तरमन्त्रालय समन्वय, पहलको कम गरौँ । अफ्ठ्यारो भएका कानूनी विषयहरु फुकाउनु पर्छ । गुणस्तर मापन, रोगसँग जोडिएको कुरा, साझा स्वास्थ्यको कुरा, औषधि वितरण मूल्यको कुरा छ, बीमा सम्बन्धी जोडिएको छ । त्यो कुराई स्पष्ट हुनेगरी समन्वयकारी भुमिका खेल्नुपर्छ ।’

समितिको बैठकमा औषधि वितरण, मूल्य, बीमा, साझा स्वास्थ्यको विषयमा स्पष्ट रुपमा समन्वयकारी भुमिका स्वास्थ्य मन्त्रालयले खेल्नुपर्नेमा जोड दिए  ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?