Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पावर प्लेमा बलिङ गर्न तयार थिएँ, नतिजाले गलत सावित भयो–सन्दीप लामिछाने


काठमाडौँ । हारपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सुपर ओभरमा बलिङ गर्नका लागि आफूमा आत्मविश्वास रहे पनि निर्णय सही नभएको बताएका छन् ।पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएपछि सन्दीपले त्यस समय आफै  बलिङ गर्नका लागि आत्मविश्वास रहे पनि नतिजा सहज नभएको बताएका हुन् ।

सन्दीपले राम्रो खेल्दाखेल्दै पनि कहिले कहीँ नतिजा आफ्नो पक्षमा नआउने र आजको दिन पनि आफ्नो नभएको उल्लेख गरे । दुई ओभरमा मात्रै पाँच रन खर्चिएका बसिर डेथ ओभरमा भने सम्हालिन सकेनन् ।

सन्दीप आफ्नो टोलीबाट खेलेका ११ जना खेलाडीले नै उत्कृष्ट रहेको बताए । दोस्रो इनिङमा लक्ष्य पछ्याउन गाह्रो भइरहेकाले आफूले पहिले ब्याटिङ रोजेको उनको भनाइ छ । उनले आफ्नो विकेट नआएमा पनि अन्य बलरले विकेट लिएको र कहिलेकाहिँ राम्रो गर्दा पनि विकेट नआउने भन्दै आफ्नो पनि बचाउ गरे । सन्दीपले पावर प्लेमा राम्रो गर्न नसकेको र विकेट निकाल्न सकेको भए खेलको अवस्था फरक हुने बताएका छन् ।

पोखराका बलर विपिन खत्रीले सुपर ओभरमा जानुपर्ने लक्ष्य नभए पनि राम्रो ब्याटिङ हुन नसकेको बताएका छन् । तर रेमोन रेइफोर्टले अन्तिम ओभरसँगै सुपर ओभरमा पनि अलराउण्ड प्रदर्शन गरेपछि जित निस्किएको उल्लेख गरे । रेइफोर्टले आफू टेस्ट नेसन्सको खेलाडी हुँ भन्ने अनुभव खेलबाट देखाएको विपिन बताउँछन् ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?