Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एनपिएलः पोखरासँग सुपरओभरमा पराजित भएसँगै लिग चरणबाट बाहिरियो विराटनगर


काठमाडौँ । रेमन्ड रिफरको शानदार प्रदर्शनमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा पराजित गर्दै सिद्धान्त बैंक नेपाल प्रिमियर लिगको प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेका छन्  । विराटनगर लिग चरणबाट बाहिरिएका छन् । पोखराको जितमा रेमन्ड रिफर नायक बने ।

खेललाई बराबरीमा पुर्‍याउनेदेखि सुपर ओभरमा बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शन नै पोखराको जितको कारण बने । जवाफमा १४० रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएपछि खेल टाइ भयो । खेलको निर्णय जारी लिगमा पहिलो पटक सुपर ओभरबाट भयो । जहाँ पोखराले विना कुनै विकेटको नोक्शानीमा १८ रन बनाए  ।

सुपर ओभरमा पोखराका रिफर र एन्ड्रेस गाउस ब्याटिङमा आए । बलिङमा सन्दीप लामिछानेले जिम्मेवारी लिए । तर सन्दीपको बलिङ फितलो रह्यो । रिफरले दुई छक्का र एक चौकासहित १७ रन र गाउसले १ रन जोडे । जितको लागि १९ रनको लक्ष्य पछ्याएको विराटनगरको लागि मार्टिन गप्टिल र निकोलस क्रिटोन आए । बलिङमा रिफर थिए । उनले कशिलो बलिङ गर्दा विराटनगरले मात्र ५ रन बनाए  । रिफरको जादु चल्दा पोखराले सुपर ओभरको जितमा महत्वपूर्ण २ अंक जोडे  । निर्धारित २० ओभरको खेलमा भने गाउसले ३९, रिफरले अविजित ३४ र कप्तान कुशल भुर्तेलले ३१ रन जोडेका थिए । अन्तिम बलमा रिफरकै छक्कामा खेल बराबरी नतिजामा पुगेका थिए  । बलिङमा प्रतिश जिसीले ४ र क्रिस सोलले २ विकेट लिए । यो खेलमा पनि सन्दीप विकेट विहिन बने ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १३९ रन बनाए । जारी एनपिएलमा दिनको पहिलो खेलमा टस जितेर ब्याटिङ रोज्ने टिम विराटनगर बने  । विराटनगरले ३७ रन बनाउँदा तीन विकेट गुमाए । मार्टिन गप्टिल ५ रनमा, लोकेश बम २६ रनमा र नरेश भट्ट ४ रनमा आउट भए ।

विराटनगरले शुरूवात राम्रो गर्न सकेन । यसपछि चौथो विकेटको लागि स्कट इडवार्डस र निकोलास क्रिटोनले ४३ रनको साझेदारी गरे । निकोलास १९ रनमा आउट भए । यसपछि स्कट ४५ रनमा आउट भए । उनी अर्धशतकबाट ५ रनले चुके । यसपछि बसिर अहमद अविजित २१ रनमा रहे र विराटनगरले १३९ रन बनाए  । बलिङमा सागर ढकाल र रेमन रेफरले दुई–दुई विकेट लिए ।

यो जितसँगै पोखराले ४ अंक बनाएका छन्  । पाँच खेलमा चौथो हारसहित विराटनगर लिग चरणबाट बाहिरिए  । उसले मात्र २ अंक बनाएका छन्  । लिगबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेका छन्  । यसअघि लुम्बिनी पनि लिग चरणबाट नै बाहिरिसकेका छन्  ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?