Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

एनपिएलः पोखरासँग सुपरओभरमा पराजित भएसँगै लिग चरणबाट बाहिरियो विराटनगर


काठमाडौँ । रेमन्ड रिफरको शानदार प्रदर्शनमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा पराजित गर्दै सिद्धान्त बैंक नेपाल प्रिमियर लिगको प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेका छन्  । विराटनगर लिग चरणबाट बाहिरिएका छन् । पोखराको जितमा रेमन्ड रिफर नायक बने ।

खेललाई बराबरीमा पुर्‍याउनेदेखि सुपर ओभरमा बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शन नै पोखराको जितको कारण बने । जवाफमा १४० रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएपछि खेल टाइ भयो । खेलको निर्णय जारी लिगमा पहिलो पटक सुपर ओभरबाट भयो । जहाँ पोखराले विना कुनै विकेटको नोक्शानीमा १८ रन बनाए  ।

सुपर ओभरमा पोखराका रिफर र एन्ड्रेस गाउस ब्याटिङमा आए । बलिङमा सन्दीप लामिछानेले जिम्मेवारी लिए । तर सन्दीपको बलिङ फितलो रह्यो । रिफरले दुई छक्का र एक चौकासहित १७ रन र गाउसले १ रन जोडे । जितको लागि १९ रनको लक्ष्य पछ्याएको विराटनगरको लागि मार्टिन गप्टिल र निकोलस क्रिटोन आए । बलिङमा रिफर थिए । उनले कशिलो बलिङ गर्दा विराटनगरले मात्र ५ रन बनाए  । रिफरको जादु चल्दा पोखराले सुपर ओभरको जितमा महत्वपूर्ण २ अंक जोडे  । निर्धारित २० ओभरको खेलमा भने गाउसले ३९, रिफरले अविजित ३४ र कप्तान कुशल भुर्तेलले ३१ रन जोडेका थिए । अन्तिम बलमा रिफरकै छक्कामा खेल बराबरी नतिजामा पुगेका थिए  । बलिङमा प्रतिश जिसीले ४ र क्रिस सोलले २ विकेट लिए । यो खेलमा पनि सन्दीप विकेट विहिन बने ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १३९ रन बनाए । जारी एनपिएलमा दिनको पहिलो खेलमा टस जितेर ब्याटिङ रोज्ने टिम विराटनगर बने  । विराटनगरले ३७ रन बनाउँदा तीन विकेट गुमाए । मार्टिन गप्टिल ५ रनमा, लोकेश बम २६ रनमा र नरेश भट्ट ४ रनमा आउट भए ।

विराटनगरले शुरूवात राम्रो गर्न सकेन । यसपछि चौथो विकेटको लागि स्कट इडवार्डस र निकोलास क्रिटोनले ४३ रनको साझेदारी गरे । निकोलास १९ रनमा आउट भए । यसपछि स्कट ४५ रनमा आउट भए । उनी अर्धशतकबाट ५ रनले चुके । यसपछि बसिर अहमद अविजित २१ रनमा रहे र विराटनगरले १३९ रन बनाए  । बलिङमा सागर ढकाल र रेमन रेफरले दुई–दुई विकेट लिए ।

यो जितसँगै पोखराले ४ अंक बनाएका छन्  । पाँच खेलमा चौथो हारसहित विराटनगर लिग चरणबाट बाहिरिए  । उसले मात्र २ अंक बनाएका छन्  । लिगबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेका छन्  । यसअघि लुम्बिनी पनि लिग चरणबाट नै बाहिरिसकेका छन्  ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?