Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

सुदूरपश्चिमसँगको हारलाई बिर्सेर खेल्यौं : शेर मल्ल


काठमाडौँ। जनकपुर बोल्ट्सका शेर मल्लले अघिल्लो खेल खराब दिनको रूपमा लिएर अघि बढ्दा काठमाडौं गुर्खाजविरुद्ध जित सम्भव भएको बताएका छन् ।

सुदूरपश्चिमविरुद्ध फराकिलो हारपछि आफ्नो टोलीले राम्रो त्यसलाई बिर्सेर उच्च आत्मबलका साथ खेल्दा सफल भएको शेरले बताए । उनले पछिल्लो खेलमा राम्रो नभए पनि काठमाडौं गुर्खाजविरुद्ध जित निकाल्ने लक्ष्य लिँदै सोही अनुरूप प्रदर्शन पनि गरेको बताए । उनले लक्ष्य ठूलो नभए पनि ब्याटिङ गर्न सहज नहुने भएकाले समालिएर खेलेको उल्लेख गरे । छिट्टै चार विकेट जाँदा कठिन भएको उनी बताउँछन् । तर जिमी निसमले जित दिलाउन सक्छन् भन्ने टोलीमा विश्वास रहेको उनको भनाइ छ ।

टोलीमा रहेका सबै खेलाडीमा आफू जित दिलाउन सक्षम छु भनेर खेल्दा जनकपुरले राम्रो नतिजा निकालिरहेको उनको भनाइ छ । शेरले भारतमा बलिङ प्रशिक्षण लिएकाले केही भेरिएसनमा बलिङ गर्न मद्दत मिलेको बताएका छन् । उनले सुरुका खेलमा शीर्ष क्रम र अहिले मिडल अर्डरबाट साथ पाएको उल्लेख गरे । तर, आगामी खेलमा सबैले राम्रोसँग ब्याटिङ गर्ने उनको विश्वास छ । काठमाडौंका स्टेफन इस्किनाजीले यो पिचमा ब्याटिङ गर्न सहज नभएको बताए । काठमाडौंले ब्याटिङमा राम्रो गर्न नसक्दा नै खेलमा हारको मुख्य कारण रहेको उनको भनाइ छ । तर, जिमी निसिमले उत्कृष्ट ब्याटिङ गरेको उनी बताउँछन् । आफ्नो लागि टियुमा ब्याटिङ गर्नु रमाइलो र अद्भूत अनुभूति रहेको उनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?