Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सुदूरपश्चिमसँगको हारलाई बिर्सेर खेल्यौं : शेर मल्ल


काठमाडौँ। जनकपुर बोल्ट्सका शेर मल्लले अघिल्लो खेल खराब दिनको रूपमा लिएर अघि बढ्दा काठमाडौं गुर्खाजविरुद्ध जित सम्भव भएको बताएका छन् ।

सुदूरपश्चिमविरुद्ध फराकिलो हारपछि आफ्नो टोलीले राम्रो त्यसलाई बिर्सेर उच्च आत्मबलका साथ खेल्दा सफल भएको शेरले बताए । उनले पछिल्लो खेलमा राम्रो नभए पनि काठमाडौं गुर्खाजविरुद्ध जित निकाल्ने लक्ष्य लिँदै सोही अनुरूप प्रदर्शन पनि गरेको बताए । उनले लक्ष्य ठूलो नभए पनि ब्याटिङ गर्न सहज नहुने भएकाले समालिएर खेलेको उल्लेख गरे । छिट्टै चार विकेट जाँदा कठिन भएको उनी बताउँछन् । तर जिमी निसमले जित दिलाउन सक्छन् भन्ने टोलीमा विश्वास रहेको उनको भनाइ छ ।

टोलीमा रहेका सबै खेलाडीमा आफू जित दिलाउन सक्षम छु भनेर खेल्दा जनकपुरले राम्रो नतिजा निकालिरहेको उनको भनाइ छ । शेरले भारतमा बलिङ प्रशिक्षण लिएकाले केही भेरिएसनमा बलिङ गर्न मद्दत मिलेको बताएका छन् । उनले सुरुका खेलमा शीर्ष क्रम र अहिले मिडल अर्डरबाट साथ पाएको उल्लेख गरे । तर, आगामी खेलमा सबैले राम्रोसँग ब्याटिङ गर्ने उनको विश्वास छ । काठमाडौंका स्टेफन इस्किनाजीले यो पिचमा ब्याटिङ गर्न सहज नभएको बताए । काठमाडौंले ब्याटिङमा राम्रो गर्न नसक्दा नै खेलमा हारको मुख्य कारण रहेको उनको भनाइ छ । तर, जिमी निसिमले उत्कृष्ट ब्याटिङ गरेको उनी बताउँछन् । आफ्नो लागि टियुमा ब्याटिङ गर्नु रमाइलो र अद्भूत अनुभूति रहेको उनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?