काठमाडौँ । बैठकमा बोल्दै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण जरुरी रहेको बताए । उनले सरकारले अस्पतालहरुको निगारनी, नियमनमा जोड दिन आवश्यक रहेको बताए । उनले अन्तरमन्त्रालय समन्वय, पहल गरेर भएपनि कानूनी अफ्ठ्यारा फुकाउनुपर्ने र सहज उपचारको वातावरण बनाउनुपर्ने बताए ।
उनले भने , ‘सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण गर्न कसरी सकिएला मुख्य प्रश्न त्यो हो । गुणस्तर, नियमनको काममा हामी ध्यान दिऔँ । यसमा अन्तरमन्त्रालय समन्वय, पहलको कम गरौँ । अफ्ठ्यारो भएका कानूनी विषयहरु फुकाउनु पर्छ । गुणस्तर मापन, रोगसँग जोडिएको कुरा, साझा स्वास्थ्यको कुरा, औषधि वितरण मूल्यको कुरा छ, बीमा सम्बन्धी जोडिएको छ । त्यो कुराई स्पष्ट हुनेगरी समन्वयकारी भुमिका खेल्नुपर्छ ।’
समितिको बैठकमा औषधि वितरण, मूल्य, बीमा, साझा स्वास्थ्यको विषयमा स्पष्ट रुपमा समन्वयकारी भुमिका स्वास्थ्य मन्त्रालयले खेल्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार