Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु (तस्बिरहरु)


काठमाडौँ । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु भएको छ ।

भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ । भवानी जात्रामा तान्त्रिक अनुष्ठान गर्ने गरिन्छ ।

वर्षको ८ महिनासम्मको मकुण्डोसहितको जात्रा हरेक वर्ष यसै समयमा दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मुल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मुलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ ।

यसैगरी, जय वागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि खः जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछा मार्ने नाचसँगै महाकाली नाच र सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न गरी पुनः भक्तपुर नपामा फर्किने चलन छ ।

सोही स्थानमा देवगणहरूले आफ्नो देवताको मकुण्डो, पोशाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै जानुपर्ने परम्परा अहिलेसम्म छ ।

  


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?