Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

आहा राराको उपाधि भीडन्त आज


मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सङ्कटाले फाइनलमा स्थान पक्का बनाएको थियो ।

बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग १–० को जित निकाल्दै भुटनिज युथ स्पोर्टस् फाइनलमा पुगेको हो । साविक विजेता एपीएफलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको सङ्कटालाई विदेशी खेलाडीको भर छ । सङ्कटामा रहेका दुई क्यामरुनी फरवार्डरले एपीएफविरुद्ध समान दुई÷दुई गोल गरेका थिए । सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गर्नुभयो । उहाँले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताउनुभयो । भुटनिज क्लब पनि उपाधि चुम्ने दाउसहित फाइनलमा उत्रदैँछ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आएका दुवै टिमको फाइनल स्पर्धा रोचक हुने ठानिएको छ । गत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा दस टिमको सहभागिता छ ।

प्रतियोगितका विजेताले रु. १२ लाख र उपविजेताले रु. छ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक विद्युतीय स्कुटर, उत्कृष्ट डिफेन्डर, फरवार्डर, गोलकिपर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु. २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको २२ औँ संस्करणका अवसरमा रु. ५० हजार पाँचको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।


प्रकाशित मिति: २३ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?