Trending
>>   न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छः मुख्यमन्त्री सिंह >>   सरकारी नम्बर प्लेटका दुई गाडीबाट ६ सय ९० किलो गाँजा बरामद >>   विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो >>   एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार >>   जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री >>   उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा >>   उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल >>   घानामा आम चुनाव अघि विशेष मतदान >>   सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री >>   टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ
Logo
१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मंगलवार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेश गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनमा आयोगले एक वर्षको गरेको काम र मुलुकको मानवअधिकारको अवस्थाका विषय समावेश गरिएको बताए । उनले आयोगमा भएका उजुरीउपर भएका छानविन,अनुसन्धान,अनुगमन तथा नेपाल सरकारलाई गरेका सिफारिस समेत प्रतिवेदनमा समावेश गरिएको बताए । उनले आर्थिक वर्ष २०८०÷०८१मा आयोगका कार्यालयमा मानवअधिकारको उल्लङ्घन सम्बन्धि ११० उजुरी दर्ता भएको बताए । उनले यो अवधीमा पुराना र नयाँ गरी ३६८ उजुरीको अनुसन्धान सम्पन्न भएको उल्लेख गरेका छन् । उनले अनुसन्धानको विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरी र नीतिगत सिफारिस गरिएको बताउदै उनले यो अवधीमा २७६ उजुरी तामेलीमा राखिएको १५ उजुरी खारेज गरिएको बताए ।

उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?