Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार


काठमाडौँ । शिखर धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै पहिलो जित दर्ज गरेका छन्  । कर्णालीको यो लगातार दोस्रो हार हो ।

जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो  । काठमाडौंले संघर्षपूर्ण शुरूवात गर्यो  । ४१ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । शंकर राना ६ रनमा, स्टफेन इस्कीनाजी ३ रनमा, माइकल लेभिट २२ रनमा र भीम सार्की ९ रनमा आउट भए । यसपछि जेराड इरामस र सुमित महर्जनले पाँचौं विकेटको लागि ५७ रनको साझेदारी गर्दै इनिङस सम्हाले। जेराड ३८ रनमा आउट भए ।

यसपछि सुमित महर्जन र कप्तान करण केसीले टिमलाई जिततर्फ अगाडि बढाउँदै थिए । १९ औं ओभरमा सोमपाल कामीको बलमा करण केसीले एक छक्का र चौका प्रहार गर्दै टिमलाई जित नजिक पुराए । छैटौं बलमा भने सोमपालको बलमा भुवन कार्कीद्वारा करण क्याच आउट भए । करण १० बलमा दुई चौका र दुई छक्कासहित २० रनमा आउट भए । अन्तिम ओभरमा ७ रन चाहिएको थियो । यो ओभरमा एक विकेट गएपनि काठमाडौंले ३ बल अगाडि लक्ष्य पूरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो । ओपनर देव खनाल रनको खाता नखोली आउट भए । लगत्तै चाडविक वाल्टन २१ रन बनाएर पबिलियन फर्कदा कर्णालीले २६ रन बनाउँदा दुई विकेट गुमाइसकेकको थियो । बाबर हयात १३ र गुल्सन झा पनि १२ रनमा आउट भए । तर शिखर धवन क्रिजमा टिके र इनिङ्स सम्हाले । उनले सुझबुझपूर्ण ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । ५१ बलको सामना गर्दै ४ चेका र ५ छक्कासहित अविजित ७२ रनको उत्कृष्ट पारी खेल्दा कर्णालीले १४९ रन बनायो । बलिङमा जेराड इरासमसले २ तथा करण केसी, नेथान सोटर र  दीपेश कँडेलले समान १÷१ विकेट लिए । दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । कर्णालीको यो लगातार दोस्रो हार हो ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?