Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री


काठमाडौँ ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानूनी अफ्ठ्याराहरु फाुकाइने बताएका छन्  ।

मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले  आफ्नो कार्यकालमा संविधानमा देखिएको कमी कमजोरीहरु फुकाएर अघि बढ्ने प्रतिवद्धता जनाए  । उनले  लोकतान्त्रिक व्यवस्थामा जनतालाई न्याय दिन अफ्ठ्यारो भएका ठाउँहरुमा संविधान संशोधन हुने जिकिर गरे । नागरिकलाई सहज बनाउनका लागि कानून संशोधन हुने र विधेयक ल्याइने बताए   । कानूनमन्त्री चौरसियाले अहिलेको व्यवस्थामा समस्या र चुनौति भएपनि समाधानको उपाय उच्च नैतिक मूल्यका साथ खोज्नुपर्ने बताए   ।

उनले भने , ‘एउटा कुरा म विश्वस्त छु । मेरो कार्यकालमा संविधानमा जहाँ जहाँ कमी, कमजोरी देखिएको छ । जुनजुन कारणले जनतालाई न्याय दिन यो लोकातान्त्रिक व्यवस्थामा अफ्ठ्यारो छ । त्यहाँ त्यहाँ संविधान संशोधन हुन्छ । ऐन कानून संशोधन हुन्छ । विधेयक ल्याइन्छ ।’

मन्त्री चौरसियाले न्याय बिनाको लोकतन्त्र अधुरो रहने र अघि बढ्न नसक्ने बताए   ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?