Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छः मुख्यमन्त्री सिंह


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाएका छन् ।

मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायाधीश नियुक्ति हुँदा मधेसी कोटा रहे पनि सोअनुसार नियुक्ति हुन नसकेको बताए । उनले मधेसीहरुको योग्यता नपुगको भए सुधार गर्नुपर्ने भन्दै यथार्थ जानकारी दिन संघ सरकारसँग माग गरे । उनले मधेसमा शिक्षाको स्थिति नाजुक बनिसकेको भन्दै शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति यस्तो भइसक्यो की अब हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति कोमामा पुगिसकेको छ । यो कोमाबाट निकाल्नका लागि माथिदेखि तलसम्म अब सोचको परिवर्तन गर्नुपर्छ । न्यायाधीश नियुक्ति हुँदा त्यहाँ कतै कतै मधेसी कोटाहरुमा बेइमानी जस्तो भएको महशुस भइरहेको छ । संघीय मन्त्रीज्यु यहाँ हुनुहुन्छ, यहाँका न्यायाधीशको क्वालिटी नै भएन की भन्ने हो भने त्यसमा सुधार गर्नुपर्छ । बिस्तारै हामी सुधारतिर लैजानुपर्छ ।’

मुख्यमन्त्री सिंहले बालविवाह मधेस प्रदेशमा मुख्य चुनौतिको विषय बनेको बताए ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?