Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छः मुख्यमन्त्री सिंह


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाएका छन् ।

मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायाधीश नियुक्ति हुँदा मधेसी कोटा रहे पनि सोअनुसार नियुक्ति हुन नसकेको बताए । उनले मधेसीहरुको योग्यता नपुगको भए सुधार गर्नुपर्ने भन्दै यथार्थ जानकारी दिन संघ सरकारसँग माग गरे । उनले मधेसमा शिक्षाको स्थिति नाजुक बनिसकेको भन्दै शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति यस्तो भइसक्यो की अब हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति कोमामा पुगिसकेको छ । यो कोमाबाट निकाल्नका लागि माथिदेखि तलसम्म अब सोचको परिवर्तन गर्नुपर्छ । न्यायाधीश नियुक्ति हुँदा त्यहाँ कतै कतै मधेसी कोटाहरुमा बेइमानी जस्तो भएको महशुस भइरहेको छ । संघीय मन्त्रीज्यु यहाँ हुनुहुन्छ, यहाँका न्यायाधीशको क्वालिटी नै भएन की भन्ने हो भने त्यसमा सुधार गर्नुपर्छ । बिस्तारै हामी सुधारतिर लैजानुपर्छ ।’

मुख्यमन्त्री सिंहले बालविवाह मधेस प्रदेशमा मुख्य चुनौतिको विषय बनेको बताए ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?