Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो


काठमाडौँ । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेका छन्  ।

सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएका हुन्  । रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरेका थिए  । चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरी माथि फूल वर्षाएका थिए । एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए  ।

सो कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतो लगायत विभिन्न राजनीतिकर्मीहरुको पनि सहभागिता रहेका थिए ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?