Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी


काठमाडौं। पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ ।

पुस्तक प्रदर्शनीमा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा छुट दिएर पुस्तक प्रदर्शनीमा राखेको हो । साहित्यकारहरुका पुराना पुस्तकहरुलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको छ । जुन पुस्तकहरु बाहिर पाउन मुस्किलप्रायः रहेको साझा प्रकाशनका अध्यक्ष डा.विजय सुब्बाले बताए । प्रदर्शनीमा वैरागी काईंला लगायतका वरिष्ठ साहित्यकारहरु पुग्नुभएको बताएका छन् । साझा प्रकाशन समस्यामा भएको संस्था भएकाले सबैले साझा प्रकाशन बचाउन लाग्नुपर्ने र साझा बचाउन र साझालाई गति दिन पुस्तक प्रदर्शनी लगायतका गतिविधि गरिरहेको उल्लेख गरेका छन् । उनले पहिला आख्यानहरु धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताउदै साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएका कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएका छन् ।

उनले भने, ‘प्रकाशनले असोज १ गतेदेखि १५ गतेसम्म प्रदर्शनी राखेको हो । हामीले सालकोदुई पटक राख्ने गरेका छौँ । साझा प्रकाशनमा अमूल्य पुस्तकहरु छन् । सबै पाठकहरुको नजरमा परिरहेको हुँदैन । त्यसैले हामीले पुराना र महत्वपूर्ण पुस्तकलाई प्रदर्शनीमा राखेर पाठकहरुलाई आकर्षित गर्न सकिन्छ भनेर राखेका हौँ । अहिलेसम्म आइपुग्दा वैरागी काईंला जस्ता व्यक्तित्व पनि आउनुभयो । अरु धेरै व्यक्तित्व र सर्जकहरु आउनुभएको छ । हामीसँग पुराना प्रकाशित पुस्तकहरु बाहिर भेटिँदैनन् । ति पुस्तकहरु खरिद गर्नका लागि आउनुहुन्छ । साझा पुस्कतबाहेक व्यक्तिगत हिसावले प्रकाशित पुस्तकहरु पनि छन् । तिनीहरुलाई हाामीले अन्य शिर्षकका पुस्तकहरु भन्छौँ । साझा प्रकाशन समस्यामा भएको संस्था हो । अगाडिका सञ्चालक र व्यवस्थापकहरुले यसलाई चुर्लुम्मै डुबाइदिए । त्यसैले यो संकटमा छ । साझा बचाउन र गति दिन यस्तै कार्यक्रम गरेर केही दिन सकिन्छ की भनेर हो । साझा प्रकाशन बचाउन हामीले सबैको सहयोग खोजिरहेका छौँ ।’

पुस्तकहरु जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकहरुमा पाठकको चाहना बढेकाले पुराना पुस्तकहरु बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरुको भएको बताउदै उनले पुस्तक प्रदर्शनी असोज १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन्।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?