Trending
>>   चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक >>   राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित >>   एन्फा महिला लिग फुटबलमा संकटाको पहिलो जित, कोशीको पहिलो हार >>   इन्द्रजात्राको पूर्वतयारीमा वसन्तपुर (तस्बिरहरु) >>   मौसम :मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल भदौ २७ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   सभामुखको रुलिङप्रति माओवादीको आपत्ति, प्रतिनिधि सभा बैठक आगामी आईतवार बस्ने >>   उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौंः रास्वपा >>   उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैनः अध्यक्ष राउत >>   उपसभामुख रानालाई मार्गप्रशस्त गर्न काँग्रेसको आग्रह
Logo
२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

सरकारी सञ्चारमाध्यमहरु आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्छः मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरु आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै उनले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमहरु विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भन्दै उहाँले बदलिदो परिवेश अनुसार यि संस्थाहरुले अब आर्थिक आयआर्जन पनि गर्नुपर्ने बताएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यि संस्थाहरु राम्रो सेवा पनि दिन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने अवस्थामा रहेका भन्दै यिनीहरुको पुर्नसंरचना गर्नुपर्ने बताएका छन् । उनले जनतालाई सेवा दिनुका साथै प्रतिष्पर्धि हुनुपर्नेमा पनि जोड दिए । सरकारी सञ्चारमाध्यमहरुले राजस्व वृद्धि गर्नुपर्ने उनको भनाई छ । उनले आफूले सरकारी सञ्चारमाध्यमहरुलाई आफैँ कमाएर खानका लागि निर्देशन समेत दिइसकेको बताएका छन् । उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सेतो हात्ति पाले जसरी पाल्न नसकिने भन्दै आवश्यक संरचना मात्रै राखिने बताएका छन् ।

उनले भने, ‘हाम्रो संगठनहरु पञ्चायतकालमा एक खालको भजन मण्डलीको रुपमा प्रयोग भयो । एउटा व्यवस्था थियो सबै बिरोधीहरुको पक्षमा प्रयोग गर्ने काम भयो । अहिले पनि हामी कता–कता त्यही आँखाले हेर्छौं । नेपाल टेलिभिजन र रेडियो नेपालको गतिविधि त्यही भएको छ र ? त्यस्तो भएको छैन नि । अहिले त बहुदलिय व्यवस्था आयो । कुनै राजा, महाराजा छैन । कुनै पञ्च महानुभाव पनि छैन । उनीहरुको गुणगान गाइदिनुपर्ने, उनीहरुलाई जोगाइदिनु पर्ने त छैन । पहिलेको तुलनामा निष्पक्ष ढङ्गले धेरै भन्दा धेरै जनतालाई सुसुचित गर्ने, सुचनाको प्रशारण गर्नेदेखि लिएर सबै काम गरिरहेको छ । तर हाम्रो चासो कहाँनिर छ भने, आधुनिक प्रविधिको विकास भइसक्यो । त्यस अनुरुपको कामयावि बनाउनुपर्यो । प्रतिस्पर्धि हुनुपर्यो  । त्यसकारणले पनि हामीले यो ऐन ल्याएको हो । हिजो यि संस्थाहरु नितान्त सेवाको लागि मात्रै खोलेको हो । बहुदलिय व्यवस्था आएपनि नेपाल खुल्ला समाज भयो । खुला समाजमा निजी क्षेत्रलाई पनि प्रवेश गरायौँ । प्रतिस्पर्धा हुने नै भयो । खुलापनले प्रतिस्पर्धाको ज्यादा माग गर्यो । तर हाम्रो संस्थाहरु चाहीँ सरकारले सेवा गर्न गठन गरेको भन्ठानेर सेवा पनि राम्रोसँग पुर्याउन नसक्ने । प्रतिस्पर्धामा पनि जान नसक्ने । राज्यको सुचना प्रवाह गर्ने संस्था, जनतालाई सेवा गर्ने संस्था हुने कि नहुने ? राज्य बलियो बनाउन यस्ता संस्थाहरु हुनुपर्छ । यस्तो संस्थाहरु बायस हुनुभएन । सेवाको काम पनि गर्नुपर्नेछ यसले । सेवा गर्दै प्रतिष्पर्धामा पनि आफुलाई खरो उतार्नुपर्नेछ यि संस्थाहरुले । यसलाई प्रतिस्पर्धि बनाउने, राजस्व वृद्धि गर्ने । तिमीहरु आफैँ कमाएर खाओ न भनिदिएको छु मैले । राजस्व बढाउने काम गर । र प्रतिष्पर्धामा पनि जाऔँ । रेडियो र टेलिभिजनको क्षमता बढाउनुपर्ने पनि छ । रेडियो नेपाल पनि सेतो हात्ति बनेर काम छैन । नेपाल टेलिभिजन पनि सेतो हात्ति बनेर काम छैन ।’

उनले राज्यको सूचना प्रवाह गर्ने रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता संस्थालाई बलियो बनाउन सकेमात्रै राज्य बलियो हुने बताएका छन् । उनले संगठन र राज्यलाई बलियो बनाउनुपर्ने बताए ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?