Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ


काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले यस्तो बताएका हुन् । उनले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखे । उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नीति नियमहरुलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको बताए ।

उनले भने, ‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो । तर दुर्भाग्यबस कहिलेकाँही रचनात्मक बहसको सट्टा हरु विषयमा समय खर्च गरेर बसिरहेका छौं कि भन्ने मलाई लागेको छ । आरोप–प्रत्यारोप, गालीगलौज, टिकाटिप्पणी र असंसदीय व्यवहारमा अल्झिँदा हामीले हाम्रो मुल जिम्मेवारी ओझेलमा पारेको जस्तो मलाई महसुश भएको छ । त्यो साह्रै नै दुःखद् छ । सभामुख महोदय, हामीसँग छलफलका लागि थुप्रै विषय छन् जस्तो लाग्छ मलाई । हामीले धेरैभन्दा धेरै समय त्यसमा व्यतित गर्नुपर्छ भन्ने मलाई लागेको छ । नीति नियमलाई अझै प्रभावकारी बनाएर, हाम्रो काम गर्ने शैलीलाई सुधारेर जनतालाई सकारात्मक परिवर्तन भएको अनुभुति दिनुपर्छ । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकासलजस्ता क्षेत्रहरुमा अझै गम्भिर भएर काम आवश्यक देखेको छु ।’

उनले सच्चिने कामहरुको सुरुवात संसदबाटै हुनुपर्ने भन्दै संसदमा तथ्यहीन बोल्ने सांसदलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले संसदमा उठेका प्रश्नहरुको समयमै जवाफ दिन मन्त्रीहरुको समेत ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?