Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य


काठमाडौँ। कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

बुधवार कार्यालय नयाँ बानेश्वरमा नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने कर्जा उठाउनु चुनौतिपूर्ण रहेको बताए । आफूहरु स्थापनाको चरणमा रहेको र काम छिटै कार्यान्वयन गर्ने बताए । विभिन्न अदालतमा सहकारीका कर्जासम्बन्धी मुद्दा रहेको भन्दै ति मुद्दाहरु न्यायाधीकरणमा पनि आउने बताए । शुरुमा नै मुद्दाको चाप बढ्ने बताएका छन् । काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भएपनि काम गर्ने बताए । वचतकर्ताले वचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरुको वचत फिर्ता गराउनु आफूहरुको उद्देश्य रहेको बताए ।

उनले सबै क्षेत्राधिकार आफूहरुलाई रहेको उनले बताए । बस्नेतको अध्यक्षमा गठित न्यायाधिकरणको सदस्यहरुमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?