Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य


काठमाडौँ। कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

बुधवार कार्यालय नयाँ बानेश्वरमा नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने कर्जा उठाउनु चुनौतिपूर्ण रहेको बताए । आफूहरु स्थापनाको चरणमा रहेको र काम छिटै कार्यान्वयन गर्ने बताए । विभिन्न अदालतमा सहकारीका कर्जासम्बन्धी मुद्दा रहेको भन्दै ति मुद्दाहरु न्यायाधीकरणमा पनि आउने बताए । शुरुमा नै मुद्दाको चाप बढ्ने बताएका छन् । काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भएपनि काम गर्ने बताए । वचतकर्ताले वचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरुको वचत फिर्ता गराउनु आफूहरुको उद्देश्य रहेको बताए ।

उनले सबै क्षेत्राधिकार आफूहरुलाई रहेको उनले बताए । बस्नेतको अध्यक्षमा गठित न्यायाधिकरणको सदस्यहरुमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?