Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ संसदीय समितिबाट पारित


काठमाडौं । संसदीय समितिले सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ लाई पारित गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ लाई दफावार छलफल गरी पारित गरेको हो । बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल भएको थियो । समितिमा टुंगिन बाँकी दफाहरु माथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ वैशाख २६ गते सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा सांसदहरु देवेन्द्र पौडेल, तोसिमा कार्की, डिकबहादुर लिम्बू र रामप्रकाश चौधरी गरी ५ सदस्य रहेको उपसमिति गठन गरेको थियो । सो उपसमितिले समितिमा प्रतिवेदन पेश गरेसँगै समितिले विधेयक पारित गरेको हो ।
राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधि सभाबाट २०८० वैशाख १५ गते दफावार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आएको थियो ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?