Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछुः डेनमार्कका लागि प्रश्तावित राजदुत तुलाधर


काठमाडौं । डेनमार्कका लागि प्रश्तावित राजदुत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छिन् ।

आईतवार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले जारी गरेको कुटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रश्तुत गरेकी हुन् ।

प्रश्तावित राजदुत तलाधरले युवाहरुको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवद्र्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गएकी छिन् । डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरुलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उनको भनाई थियो । डेनमार्क लगायतमा मुलुकहरुमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रश्तावित राजदुत तुलाधरले बताइन् । उनले देशका मुख्यमुख्य निकायसँग सहकार्य गरेर आफूले देशको हितमा हुने गरी महिलाको क्षेत्रमा, बालबालिका र मातृभाषाको क्षेत्रमा पनि काम गर्न चाहेको बताइन्।

उनले भनिन्, ‘युवाहरुको चाहनालाई मिट गर्ने खालको टुरिज्म प्लानहरु पनि हामीले नेपाल टुरिज्म बोर्डसँग मिलेर बनाउन सक्छौं । नेपाल टुरिजम बोर्डले आफ्नो दुतहरु पनि नियुक्त गर्दो रहेछ । म उहाँहरुसँग एकदमै नजिक भएर काम गर्नेछु । देशको मुख्यमुख्य निकायहरुसँग सहकार्य गरेर त्यहाँ के काम गर्न सकिन्छ, गर्ने हो ।’

प्रश्तावित राजदुत तुलाधरले विकसित देशहरुबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरुले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने बताएकी छिन् ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?