Trending
>>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

आज मिति २०८१ साल भदौ १४ गते शुक्रबार हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल भदौ १४ गते शुक्रबार ( 30 August, 2024) भाद्र कृष्णपक्ष द्वादशी ०३:३३ बजेसम्म, त्यसपछी त्रयोदशी

मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने योग रहेको छ। व्यावसायमा तत्काल ठूलो लगानी नगर्नुहोला, लगानी फस्ने योग रहेको छ। स्वास्थ्यमा समस्या आउनेछ भने पढाइ लेखाइमा कमजोरीको महसुष हुनेछ। सवारी साधन तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्ययम रहेको छ।

वृष – व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मिहिनेतले प्रशस्त लाभ लिन सकिनेछ। वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जीत हुने तथा शत्रु परास्त हुनेछन्। न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन्। प्रेममा सामिप्यता बढेर जानेछ। पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ। विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ।

मिथुन – वौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुती पस्कने अवसर प्राप्त हुनेछ। पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ। परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ। व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाई हुनेछ। माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेको छ। साँझपख समय मध्ययम रहेकोले ऋण तथा रोगको सामना गर्नु पर्नेछ।

कर्कट – आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ। थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ। माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ। विद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन्। व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ। साँझपख यात्रा गर्दा ध्यान दिनुहोला।

सिंह – न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ। विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भइ प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ। मायाप्रेममा नजिकिने समय रहेको छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ। व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ। साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

कन्या – स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला। व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्रा तय गर्न सकिनेछ। परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन्। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला। अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ। साँझपख समय राम्रो रहेकोले कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ।

तुला – कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ। अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैंतिर ल्याउन सकिनेछ। राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ। विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन लोभ्याउन सकिने। आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ।

बृश्चिक – नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ। राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन्। बुवा तथा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईकै साथ दिनेछन्। माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ।

धनु – व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ। विशेष गरी हाईड्रोपावर,पानि तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ। विद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन्। सवारी साधन प्राप्त हुने योग रहेको छ। दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ। मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ। सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ। साँझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न।

मकर – व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ। गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला। सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन्। स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन। साँझपख लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ।

कुम्भ – नयाँ कार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ। खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप उर्जा पैदा हुनेछ। सरकारी तथा प्रशासनीक क्षेत्रमा तपाईंको बर्चस्व कायम रहने छ। प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ। साँझपख व्यापारमा मन्दि आउनेछ।

मीन – राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ। अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला। आमा वा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ। साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नजिता आफैतिर ल्याउन सकिनेछ।

 


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?