Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

रवि लामिछानेले बयान दिएको हो, सफाई पाएको होइन फैसला कुरौँ : गगन थापा


काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको बताएका छन् । उनले आफूहरुसँग भएको प्रमाण छानविन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको बताए । उनले नौ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको बताएका छन्। उनले लामिछानेलाई सफाइ पाएको नभइ बयान दिएको कुरा स्मरण गर्न आग्रह गरे । उनले फैसला आउन बाँकी रहेको भन्दै फैसलासम्म कुर्न आग्रह पनि गरेका छन् ।

उनले भने ‘केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि । त्यसको टिओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । अनि त्यो तथ्य, प्रमाणहरु दिएनौँ होला हामीले ? हामीसँग भएको तथ्य, प्रमाणहरु पुगेन होला समितिमा ? हाम्रा साथीहरुले बोकेर जानु भएको छैन होला ? अनि यसमा ख्याल गर्नु भएन ? नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला ? मलाई त समितिमाथि पूरा विश्वास छ । सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । बरु साथिहरु झुक्किनु भयो कि भन्ने लागेको छ मलाई । बयान हो बयान । सफाइ होइन । फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु । त्यो समितिमा बस्ने प्रत्येक साथीमाथि विश्वास छ मलाई । तर रास्वपाका साथीलाई अलि अपm्ठ्यारो पर्ला कि ? किनकी कालोलाई सेतो कसरी भन्नु ? त्यसैले दिन गनौँ । राम्रोसँग गनौँ । औँला भाँचेर गनौँ । लेखेर गनौँ । खरिले, मसिले जे ले गनेपनि हुन्छ । फैसला आउने दिन गनौँ । फैसला आएपछि सँगै बसौँला ।’

महामन्त्री थापाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि संसदमा बोल्दै नेपाल बंगलादेश हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको तहबाट त्यो अभिव्यक्ति आउनु गलत भएको पनि बताएका छन्।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?