Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

रवि लामिछानेले बयान दिएको हो, सफाई पाएको होइन फैसला कुरौँ : गगन थापा


काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको बताएका छन् । उनले आफूहरुसँग भएको प्रमाण छानविन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको बताए । उनले नौ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको बताएका छन्। उनले लामिछानेलाई सफाइ पाएको नभइ बयान दिएको कुरा स्मरण गर्न आग्रह गरे । उनले फैसला आउन बाँकी रहेको भन्दै फैसलासम्म कुर्न आग्रह पनि गरेका छन् ।

उनले भने ‘केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि । त्यसको टिओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । अनि त्यो तथ्य, प्रमाणहरु दिएनौँ होला हामीले ? हामीसँग भएको तथ्य, प्रमाणहरु पुगेन होला समितिमा ? हाम्रा साथीहरुले बोकेर जानु भएको छैन होला ? अनि यसमा ख्याल गर्नु भएन ? नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला ? मलाई त समितिमाथि पूरा विश्वास छ । सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । बरु साथिहरु झुक्किनु भयो कि भन्ने लागेको छ मलाई । बयान हो बयान । सफाइ होइन । फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु । त्यो समितिमा बस्ने प्रत्येक साथीमाथि विश्वास छ मलाई । तर रास्वपाका साथीलाई अलि अपm्ठ्यारो पर्ला कि ? किनकी कालोलाई सेतो कसरी भन्नु ? त्यसैले दिन गनौँ । राम्रोसँग गनौँ । औँला भाँचेर गनौँ । लेखेर गनौँ । खरिले, मसिले जे ले गनेपनि हुन्छ । फैसला आउने दिन गनौँ । फैसला आएपछि सँगै बसौँला ।’

महामन्त्री थापाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि संसदमा बोल्दै नेपाल बंगलादेश हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको तहबाट त्यो अभिव्यक्ति आउनु गलत भएको पनि बताएका छन्।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?