Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौ। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० पेश गर्नुहुने कार्यसूची रहेको छ।

यसैगरी,प्रतिनिधि सभा सदस्य सोविता गौतमले “हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरुले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव प्रश्तुत गर्नुहुने, उक्त प्रश्तावका समर्थक डोलप्रसाद अर्याल, सन्तोष परियार, डा.तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोककुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्द्यवासिनी कांसकारले समर्थन गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी, नेपालबाट वि.सं. २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी रहनुभएका श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा मिति २०८१ साल साउन २१ गते सोमवार भएको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक– सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुहुने कार्यसूचि रहेको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?