Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

मौसम : आज यी पाँच प्रदेशमा मुसलधारे भारी वर्षाको सम्भावना


काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू_भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?