Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

कुुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन : सांसद केसी


काठमाडौ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताए। उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्न/नगर्ने भन्दापनि सम्पूर्ण वक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताएका छन्। उनले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताए ।

उनले भने,‘विद्युतिकरण र विद्युत उपभोक्ताचाहीँ ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहीँ बाँकी वक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी चाहीँ कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यसकारणले बाँकी वक्यौतालाई स्पष्ट रुपबाट २१ अर्ब ८८ करोड नै उठाउने । तर यसलाई तत्काल उठाउ भनेर समय, सीमा तोकिदिने । र अहिलेसम्मको आयोग, उपसमितिको अध्ययनको सारांश केन्द्रीत गराएर अहिलेसम्मका गर्नुपर्ने काम किन भएन र तत्कालै बाँकी बक्यौता असुल गर भन्ने शिवाय लेखा समितिले अरु कसलाई कारबाही गर्ने, नगर्नेमा प्रवेश नै गर्नु हुन्न भन्ने अडानमा म छु ।’

सार्वजनिक लेखा समितिको सदस्य समेत रहनुभएका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताएका छन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?