Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचन मार्फत मार्फत १७ जना पदाधिकारी चयन गरेको छ। हिजो मंगलबार उपाध्यक्ष, उपमहासचिव र सचिव पदका लागीनिर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो ।

यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए । यसैगरी सचिवमा गणेश बिक (दलिततर्फ), बलदेब चौधरी (आदिवासी जनजाति), खुलातर्फ श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।

गत असारमा काठमाडौँमा भएको दशौँ महाधिवेशनले अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?