Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचन मार्फत मार्फत १७ जना पदाधिकारी चयन गरेको छ। हिजो मंगलबार उपाध्यक्ष, उपमहासचिव र सचिव पदका लागीनिर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो ।

यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए । यसैगरी सचिवमा गणेश बिक (दलिततर्फ), बलदेब चौधरी (आदिवासी जनजाति), खुलातर्फ श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।

गत असारमा काठमाडौँमा भएको दशौँ महाधिवेशनले अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?