Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन बुझ्नु राम्रो हुन्छः प्रधानमन्त्री ओली


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन नबुझेको भन्दै प्रतिवेदन बुझ्नु राम्रो हुने बताउनुभएको छ ।सोमवार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपिजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताउनु भयो । उहाँले ईपिजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको कारण भारतीय प्रधानमन्त्रीले नबुझिकन आफूले बुझ्न नपाएको उल्लेख गर्नुभयो । उहाँले आफुहरुले प्रतिवेदन बुझ्न र प्रतिवेदनमा उल्लेखित विषयहरुमाथि छलफल गर्न आग्रह गरिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धी लगायतका कुराहरुको पुनःमूल्यांकन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मोदीजी र मैले कुरा गरेरै प्रवुद्ध व्यक्तिहरुको समूह बनाएका थियौँ । चार जनाको समुह बनाएर दुई वर्षसम्म काम ग¥यो । डा. भेषबहादुर थापाजस्ता प्रवुद्ध व्यक्तित्व, निलम्वर आचार्यजस्ता प्रवुद्ध व्यक्तित्व । उहाँहरुकै अगुवाईमा हामीले गरेका थियौँ । तर के कारणबाट भारतले त्यो बुझेको छैन । निर्णय के भएछ त्यहाँ भने, किन त्यस्तो भयो त्यो बुझिएन तर कुनै गलत मनशायले भएको होइन । भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालकोलाई बुझाउने भन्ने कुरा । त्यो बुझेर प्रधानमन्त्रीहरुले बसेर छलफल गरेर, कार्यान्वयन गर्ने, नगर्ने, के गर्ने, कसो गर्ने, कसरी गर्ने कि गर्दै नगर्ने कि भन्ने कुरा त पछि प्रधानमन्त्रीहरुले गर्ने हो । त्यो रिर्पोट नै नबुझ्ने कुरा? यस्तो कुराहरुमा हामीले भनिरहेका छौँ । कुरा गरिरहेका छौँ । यो बुझ्नु राम्रो हुन्छ भनिरहेका छौँ । १९५० को सन्धि लगायतका सारा कुराहरुको पुर्नमूल्यांकन, त्यहीँबाट हामीले हेर्नुपर्ने कुराहरु । त्यो कुराहरु हामीले शुरुमै गरेर त्यसैको लागि हाम्रो सम्बन्धको वृहत्तर रुपमा हेरौँ न । के छ भनेर हेरेर नै हामीले ईपिजी बनाएको ।’

प्रधानमन्त्री ओलीले छिमेकी देशहरुसँग राष्ट्रिय हितको पक्षमा खुलस्त कुरा गर्नुपर्ने बताउनु भयो । उहाँले छिमेकी देशहरुसँग एकको विरुद्ध अर्को कार्ड नखेलिने स्पष्ट पार्नुभयो । एक देशको विरुद्ध अर्को देश लाग्नका लागि नेपाली भूमि प्रयोग गर्न नदिने उहाँले बताउनु भयो । उहाँले नेपालले कुनै प्रकारको शैन्य पक्षधरता नलिने पनि स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल


प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?