Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन बुझ्नु राम्रो हुन्छः प्रधानमन्त्री ओली


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन नबुझेको भन्दै प्रतिवेदन बुझ्नु राम्रो हुने बताउनुभएको छ ।सोमवार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपिजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताउनु भयो । उहाँले ईपिजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको कारण भारतीय प्रधानमन्त्रीले नबुझिकन आफूले बुझ्न नपाएको उल्लेख गर्नुभयो । उहाँले आफुहरुले प्रतिवेदन बुझ्न र प्रतिवेदनमा उल्लेखित विषयहरुमाथि छलफल गर्न आग्रह गरिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धी लगायतका कुराहरुको पुनःमूल्यांकन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मोदीजी र मैले कुरा गरेरै प्रवुद्ध व्यक्तिहरुको समूह बनाएका थियौँ । चार जनाको समुह बनाएर दुई वर्षसम्म काम ग¥यो । डा. भेषबहादुर थापाजस्ता प्रवुद्ध व्यक्तित्व, निलम्वर आचार्यजस्ता प्रवुद्ध व्यक्तित्व । उहाँहरुकै अगुवाईमा हामीले गरेका थियौँ । तर के कारणबाट भारतले त्यो बुझेको छैन । निर्णय के भएछ त्यहाँ भने, किन त्यस्तो भयो त्यो बुझिएन तर कुनै गलत मनशायले भएको होइन । भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालकोलाई बुझाउने भन्ने कुरा । त्यो बुझेर प्रधानमन्त्रीहरुले बसेर छलफल गरेर, कार्यान्वयन गर्ने, नगर्ने, के गर्ने, कसो गर्ने, कसरी गर्ने कि गर्दै नगर्ने कि भन्ने कुरा त पछि प्रधानमन्त्रीहरुले गर्ने हो । त्यो रिर्पोट नै नबुझ्ने कुरा? यस्तो कुराहरुमा हामीले भनिरहेका छौँ । कुरा गरिरहेका छौँ । यो बुझ्नु राम्रो हुन्छ भनिरहेका छौँ । १९५० को सन्धि लगायतका सारा कुराहरुको पुर्नमूल्यांकन, त्यहीँबाट हामीले हेर्नुपर्ने कुराहरु । त्यो कुराहरु हामीले शुरुमै गरेर त्यसैको लागि हाम्रो सम्बन्धको वृहत्तर रुपमा हेरौँ न । के छ भनेर हेरेर नै हामीले ईपिजी बनाएको ।’

प्रधानमन्त्री ओलीले छिमेकी देशहरुसँग राष्ट्रिय हितको पक्षमा खुलस्त कुरा गर्नुपर्ने बताउनु भयो । उहाँले छिमेकी देशहरुसँग एकको विरुद्ध अर्को कार्ड नखेलिने स्पष्ट पार्नुभयो । एक देशको विरुद्ध अर्को देश लाग्नका लागि नेपाली भूमि प्रयोग गर्न नदिने उहाँले बताउनु भयो । उहाँले नेपालले कुनै प्रकारको शैन्य पक्षधरता नलिने पनि स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल


प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?