Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छः वनमन्त्री ठकुरी


काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुरसिंह ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको बताउनुभएको छ । सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले कर्णालीको महान गौरा पर्व सम्मान र आत्मियताका साथ मनाइने गरेको बताउनु भयो । उहाँले पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सद्भावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कर्णालीको महान गौरा पर्व अत्यन्तै सम्मान र आत्मियताका साथ मनाइरहेका छौं । गौरा पर्वको यो कार्यक्रमको माध्यमबाट राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गरिरहेका छौं । हाम्रा यस्ता पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सदभावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको छ । गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएका छौं । गौरा पर्वले राष्ट्रिय एकता,मेलमिलाप र आपसमा सद्भाव कायम गर्न सकोस् ।’ उहाँले गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएको बताउनु भयो । उहाँले गौरा पर्वले राष्ट्रिय एकता,मेलमिलाप र आपसमा सद्भाव कायम गरो भन्दै सबैलाई शुभकामना दिनुभयो ।


प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?