Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छः वनमन्त्री ठकुरी


काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुरसिंह ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको बताउनुभएको छ । सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले कर्णालीको महान गौरा पर्व सम्मान र आत्मियताका साथ मनाइने गरेको बताउनु भयो । उहाँले पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सद्भावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कर्णालीको महान गौरा पर्व अत्यन्तै सम्मान र आत्मियताका साथ मनाइरहेका छौं । गौरा पर्वको यो कार्यक्रमको माध्यमबाट राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गरिरहेका छौं । हाम्रा यस्ता पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सदभावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको छ । गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएका छौं । गौरा पर्वले राष्ट्रिय एकता,मेलमिलाप र आपसमा सद्भाव कायम गर्न सकोस् ।’ उहाँले गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएको बताउनु भयो । उहाँले गौरा पर्वले राष्ट्रिय एकता,मेलमिलाप र आपसमा सद्भाव कायम गरो भन्दै सबैलाई शुभकामना दिनुभयो ।


प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?