Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विकासमा बाधक बनेका अव्यहवारिक कानुनहरु संशोधनमा उपप्रधानमन्त्री सिंहको जोड


काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उहाँले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले विकास निर्माणको काममा ढिलाई हुने अव्यवहारिक कानुनी व्यवस्था हटाउनुपर्नेमा पनि जोड दिनुभयो ।

‘जलवायु परिवर्तनको कारण वातावरणमा ठूलो प्रभाव पारेको छ, यसलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ‘ देशको विकास निर्माणका क्रममा वातावरण मुल्यांकनले ढिलासुस्ती भयो भने हामीले धेरै मुल्य चुकाउनुपर्ने हुन्छ । विकास निर्माणमा भइरहेको ढिलाई कसरी समाधान गर्ने त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ । ’ उपप्रधानमन्त्री सिंहले वातावरणीय अध्ययन मूल्याङ्कमा हुने ढिलासुस्तीले आयोजना महङ्गो हुँदै गएको भन्दै जनशक्ति थप गरेर भएपनि काम समयमै सक्नुपर्ने बताउनुभयो । ‘समस्यामात्र देखाउनुभन्दा समाधान दिनतर्फ सबै विकाससँग सम्बन्धीत मन्त्रालय लाग्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले लक्ष्य प्राप्तीका लागि हुने वन र जग्गाप्राप्तीको समस्यालाई सम्बोधनमा लाग्नुपर्ने आवश्यक रहेको बताउनुभयो । त्यस्तै,भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वन ऐन र राष्ट्रिय निकुञ्ज ऐनको कतिपय प्रावधानलाई सच्याएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले विकाससँग जोडिएका मन्त्रालयका समस्या समाधानमा वन तथा वातावरण मन्त्रालय सकारात्मक रहेको भन्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वन जोगाउनुपर्ने अवस्था सिर्जना भएपनि विकासको काम पनि सँगै अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुलुकको निर्माणका लागि वाधक बनेका ऐन, कानूनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?