Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

काँग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिष्पर्धा हुन्छः सभापति देउवा


काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरुको भेलामा बोल्दै उनले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

उनले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरुलाई निर्देशन दिएका छन् । आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ । सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरुले जित्नुपर्ने धारणा राखे ।
उनले त्यसका लागि एकतावद्ध भएर सकेसम्म सहमतिमै उम्मेदवार चयन गर्न पनि सचेत गराएका छन् ।

उनले भने ‘अहिले तपाईहरु आपसमा मिलेर जानुस । भरसक तपाईहरु मिलेर जानु बेस हुन्छ । भोलिको चुनावमा नेपाली काँग्रेसमा समर्थित साथीहरुले यो चुनावमा जित्नुपर्छ भन्ने हाम्रो धारणा छ । त्यसकारण साथीहरुले त्यसै अनुरुप सब एक भएर आपसमा एकतावद्ध भएर पहिला आपसमा नै सहमती गर्नुस् । सहमती हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले मित्रवत रुपमा चुनाव गर्नुस । र भोलि आउने चुनौतिहरुमा नेपाली काँग्रेस पार्टी छ । यो डमोक्रेटिक पार्टी हो । त्यसले यो इन्जिनियर्सजस्तो संस्थाहरुमा नेपाली काँग्रेस समर्थित साथीहरु छन् । अझ बढी यसलाई बलियो बनाएर काँग्रेस समर्थितलाई ल्याएर भोलीका भविष्यको राजनीतिमा सम्पूर्ण प्राविधिक क्षेत्रमा नेपाली काँग्रेसको विजय होस् भन्ने कामना गर्न चाहन्छु । तपाईहरुले जित्नुहोस भन्ने हार्दिक कामना गर्दछु ।’

सभापति देउवाले सो एशोसिएशनको निर्वाचनमा जित हासिल गर्नका लागि आन्तरिक रुपमा एकतावद्ध भएर अघि बढ्न पनि पार्टी निकट इन्जिनियरहरुको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?