Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

काँग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिष्पर्धा हुन्छः सभापति देउवा


काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरुको भेलामा बोल्दै उनले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

उनले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरुलाई निर्देशन दिएका छन् । आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ । सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरुले जित्नुपर्ने धारणा राखे ।
उनले त्यसका लागि एकतावद्ध भएर सकेसम्म सहमतिमै उम्मेदवार चयन गर्न पनि सचेत गराएका छन् ।

उनले भने ‘अहिले तपाईहरु आपसमा मिलेर जानुस । भरसक तपाईहरु मिलेर जानु बेस हुन्छ । भोलिको चुनावमा नेपाली काँग्रेसमा समर्थित साथीहरुले यो चुनावमा जित्नुपर्छ भन्ने हाम्रो धारणा छ । त्यसकारण साथीहरुले त्यसै अनुरुप सब एक भएर आपसमा एकतावद्ध भएर पहिला आपसमा नै सहमती गर्नुस् । सहमती हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले मित्रवत रुपमा चुनाव गर्नुस । र भोलि आउने चुनौतिहरुमा नेपाली काँग्रेस पार्टी छ । यो डमोक्रेटिक पार्टी हो । त्यसले यो इन्जिनियर्सजस्तो संस्थाहरुमा नेपाली काँग्रेस समर्थित साथीहरु छन् । अझ बढी यसलाई बलियो बनाएर काँग्रेस समर्थितलाई ल्याएर भोलीका भविष्यको राजनीतिमा सम्पूर्ण प्राविधिक क्षेत्रमा नेपाली काँग्रेसको विजय होस् भन्ने कामना गर्न चाहन्छु । तपाईहरुले जित्नुहोस भन्ने हार्दिक कामना गर्दछु ।’

सभापति देउवाले सो एशोसिएशनको निर्वाचनमा जित हासिल गर्नका लागि आन्तरिक रुपमा एकतावद्ध भएर अघि बढ्न पनि पार्टी निकट इन्जिनियरहरुको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?