Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सांसद जबराको आग्रह


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश जानबाट रोक्ने परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला ठूला जलश्रोतको निर्माण गरी युवाहरुलाई स्वदेशमै सरकारले रोजगारी दिनसक्ने बताएका छन् । उनले नेपालको विकास सानो र ठूलो पार्टीले नभनि सबै मिलेर गर्न काम आवश्यक रहेको बताए । उनले मातृभूमी नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पुर्याउने संकल्प लिएर आफू अघि बढेपनि नागरिकहरुले अरुलाई नै निर्वाचनमा जिताएर पठाउँदा सम्भव हुन नसकेको बताएका छन् ।

उनले दुई वटा ठूला पार्टीहरु शक्तिमा आएपछि मुलुकको दोहन गर्ने काम हालसम्म भइरहेको बताए । उनले विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर आफू वाक्कदिक्क भएको पनि बताए ।

उनले भने, ‘सम्पूर्ण कुरा हेर्ने हो भने यो मुलुक त्यो मुलुक हो, जहाँ सीताको जन्म भयो । सीता भनेपछि हाम्रो सबैभन्दा पवित्र महिला हो । उहाँको नाम लिएपछि नामबाटै आफ्नो धर्म पवित्रता सम्पूर्ण जाहेर हुन्छ । यो मातृभूमी नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पु¥याउने संकल्प लिएर बसेको पशुपति शमशेर मान्छे हो । तर यत्तिका वर्ष प्रयास गर्दा पनि अन्तत्व गत्वा मान्छेले भोट दिँदा पनि दुई ठूला पार्टीलाई दिने, ति पार्टीहरु शक्तिमा आउने । शक्तिमा आएपछि उनीहरुले मुलुकको दोहन गर्ने, विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर म वाक्कदिक्क छु ।

हामीले यो मुलुकलाई ठूलो पार्टी चाहिन्न भनेको होइन, ठूलो पार्टी त छ, उनीहरुको अस्तित्व जीवित छ । यो मुलुकको विकास हुनुपर्छ, यसका ठूला ठूला जलश्रोतको विकास गरी यो मुलुकलाई धनी, यहाँका मानिस बाहिर जानु नपर्ने, यहाँका युवाले यहीँ रोजगार पाउने परिस्थिति सिर्जना गर्नुपर्छ । नेपाल माताको विकास जस्तो ठूलो पार्टीले गरे पनि हुन्छ ।’

सांसद जबराले मुलुकको विकास गर्न युवाशक्तिहरु एक भएर लाग्नुपर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?