Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सांसद जबराको आग्रह


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश जानबाट रोक्ने परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला ठूला जलश्रोतको निर्माण गरी युवाहरुलाई स्वदेशमै सरकारले रोजगारी दिनसक्ने बताएका छन् । उनले नेपालको विकास सानो र ठूलो पार्टीले नभनि सबै मिलेर गर्न काम आवश्यक रहेको बताए । उनले मातृभूमी नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पुर्याउने संकल्प लिएर आफू अघि बढेपनि नागरिकहरुले अरुलाई नै निर्वाचनमा जिताएर पठाउँदा सम्भव हुन नसकेको बताएका छन् ।

उनले दुई वटा ठूला पार्टीहरु शक्तिमा आएपछि मुलुकको दोहन गर्ने काम हालसम्म भइरहेको बताए । उनले विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर आफू वाक्कदिक्क भएको पनि बताए ।

उनले भने, ‘सम्पूर्ण कुरा हेर्ने हो भने यो मुलुक त्यो मुलुक हो, जहाँ सीताको जन्म भयो । सीता भनेपछि हाम्रो सबैभन्दा पवित्र महिला हो । उहाँको नाम लिएपछि नामबाटै आफ्नो धर्म पवित्रता सम्पूर्ण जाहेर हुन्छ । यो मातृभूमी नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पु¥याउने संकल्प लिएर बसेको पशुपति शमशेर मान्छे हो । तर यत्तिका वर्ष प्रयास गर्दा पनि अन्तत्व गत्वा मान्छेले भोट दिँदा पनि दुई ठूला पार्टीलाई दिने, ति पार्टीहरु शक्तिमा आउने । शक्तिमा आएपछि उनीहरुले मुलुकको दोहन गर्ने, विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर म वाक्कदिक्क छु ।

हामीले यो मुलुकलाई ठूलो पार्टी चाहिन्न भनेको होइन, ठूलो पार्टी त छ, उनीहरुको अस्तित्व जीवित छ । यो मुलुकको विकास हुनुपर्छ, यसका ठूला ठूला जलश्रोतको विकास गरी यो मुलुकलाई धनी, यहाँका मानिस बाहिर जानु नपर्ने, यहाँका युवाले यहीँ रोजगार पाउने परिस्थिति सिर्जना गर्नुपर्छ । नेपाल माताको विकास जस्तो ठूलो पार्टीले गरे पनि हुन्छ ।’

सांसद जबराले मुलुकको विकास गर्न युवाशक्तिहरु एक भएर लाग्नुपर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?