Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

परराष्ट्रमन्त्री आरजु राणा दिल्ली प्रस्थान


काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा दिल्ली प्रस्थान गरेकी उनको यो परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।परराष्ट्रमन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी छन् ।

परराष्ट्रमन्त्री राणा भदौ ६ गते स्वदेश फर्कने कार्यसूची रहेको छ ।


प्रकाशित मिति: २ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?