काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बुधवारबाट सुरु भएको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार