Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भारतीय विदेश सचिब विक्रम मिश्री काठमाडौंमा


काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आइतवार दुई दिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी आइपुगेका हुन् । लम्सालले उनलाई त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका थिए ।

दुई विदेश सचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परर्राष्ट मन्त्रालयले जनाएको छ।
परर्ष्ट्रका अनुसार भारतका विदेश सचिवले नेपालका उच्च पदस्थ व्यक्ति पनि भेट गर्ने कार्यक्रम छ ।

`यो भ्रमण दुई मित्रवत छिमेकीहरू बीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता हो’ परराष्ट्रले बनेको छ । भारतका विदेश सचिव मिश्री सोमवार फर्किनेछन् ।`विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ’ भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?