Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

भारतीय विदेश सचिब विक्रम मिश्री काठमाडौंमा


काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आइतवार दुई दिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी आइपुगेका हुन् । लम्सालले उनलाई त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका थिए ।

दुई विदेश सचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परर्राष्ट मन्त्रालयले जनाएको छ।
परर्ष्ट्रका अनुसार भारतका विदेश सचिवले नेपालका उच्च पदस्थ व्यक्ति पनि भेट गर्ने कार्यक्रम छ ।

`यो भ्रमण दुई मित्रवत छिमेकीहरू बीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता हो’ परराष्ट्रले बनेको छ । भारतका विदेश सचिव मिश्री सोमवार फर्किनेछन् ।`विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ’ भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?