काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष दलका नेताहरूलाई सिंहदरबारमा प्रतिवेदन बुझाएको छ ।
कार्यदलले मुख्य गरी चारवटा विषयमाथि भएको सहमतिलाई प्रतिवेदनमा उल्लेख गरेको छ ।
शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी रहेको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए ।
प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार