Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

दिउँसो सुत्ने वानी छ ? आउनसक्छ यस्ता गम्भीर समस्याहरु


एजेन्सी । सामान्यतया हामीले २४ घन्टामा ८ घण्टा काम,८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्नु शास्त्र र आयुर्वेदले राम्रो जिवनशैली मानेको छ ।

तर पनि हाम्रो कतिपय जीवनशैलीलाइ समय अनुसार निर्धारण गर्न नसक्दा हामीले दुख पाइरहेको हुन्छौ। यसकारण हामीले हामीले गर्ने काम तालिका अनुसार निर्धारण गर्नुपर्ने हुन्छ। किनकी दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

तर, कोही यस्ता व्यक्तिहरु पनि छन् उनीहरुलाई दिउँसो सुत्ने बानी नै परेको हुन्छ ।तर शास्त्र र आयुर्वेदका अनुसार दिउँसो सुत्नु राम्रो मानिदैन । आयुर्वेदका अनुसार, दिउँसो सुत्दा पाचनप्रणालीमा गडबडी हुन्छ र खाना समेत राम्रो सँग पच्दैन । जसका कारण कब्जियत, ग्यास, अपच लगायत समस्या देखा पर्छन् ।

यतिमात्र होइन दिउँसो सुत्दा ज्वरो आउने, गलासम्बन्धी समस्या देखिने, स्मरण शक्ति कमजोर हुने, अंग फुल्ने, आलस्य बढ्ने लगाएत समस्या देखिने समेत आयुर्वेदमा उल्लेख छ । यसका साथ साथै धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता रहि आएको छ ।

तर केही बृद्ध/बृद्धा, बालबच्चा, विरामी मानिसका लागि भने आराम बढी चाहिने हुँदा दिउँसो सुत्नु आवश्यक छ ।


प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?