Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

चार संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको आ. व. ०८१/०८२ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी साढे ११ बजे नै बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्ने बताइएको छ । उनीमाथिको संसदीय सुनुवाइ सकिसकेकाले आज अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय लिइनेछ ।

यसैगरी बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ ।

यसैगरी बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ ।


प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?