Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस हुँदैछ: प्रचण्ड


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले जनताका अधिकार खोस्ने गरी संविधान संशोधनको विषय अघि सारेको बताएका छन्।

पुष्पलालको जन्मशताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस प्रयासमा रहेको बताएका हुन्।

‘नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस हुँदै छ,’ उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौँ। तर, जनताले प्राप्त गरेका अधिकार खोस्न होइन, जनतालाई अझ अधिकार पुगेको छैन। त्यो अधिकार दिलाउने पक्षमा छौँ। जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको दुष्प्रयास सफल दिँदैनौँ।’


प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?