Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस हुँदैछ: प्रचण्ड


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले जनताका अधिकार खोस्ने गरी संविधान संशोधनको विषय अघि सारेको बताएका छन्।

पुष्पलालको जन्मशताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस प्रयासमा रहेको बताएका हुन्।

‘नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस हुँदै छ,’ उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौँ। तर, जनताले प्राप्त गरेका अधिकार खोस्न होइन, जनतालाई अझ अधिकार पुगेको छैन। त्यो अधिकार दिलाउने पक्षमा छौँ। जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको दुष्प्रयास सफल दिँदैनौँ।’


प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?