Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

संसदीय सुनुवाइ समितिको बैठक सोमबार : प्रस्तावित निर्वाचन आयुक्तबारे निर्णय हुने


काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ ।

सोमबार बस्ने बैठकमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । २ असारमा संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा सिफारिस गरेको प्रधानलाई त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

यौन शोषण गरेको उजुरी दिएकी उजुरीकर्तासँग र प्रधानसँग त्यसपछि संसदीय सुनुवाइ समितिले छलफल गरेको थियो। त्यसपछि बैठक स्थगित भएको थियो। अब सोमबारको बैठकले उनको अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने एक सांसदले बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?