शिक्षिका सुश्री रानी सोयामोई… कलेजका बिद्यार्थी हरुसँग कुराकानी गर्छिन । उनले नाडीमा सामान्य घडी बाहेक कुनै गहना लगाएकी थिईनन। सबै भन्दा धेरै छात्रा हरुलाई आश्चर्य लाग्याे कि, उनले अनुहारमा ‘फेस पाउडर’ पनि लगाएकी थिइनन्।
भाषण अंग्रेजीमा थियो। उनले केवल एक या दुई मिनट मात्र बोलिन। तर, उनका शब्दहरु दृढ संकल्पले भरिएका थिए।
पुनः विद्यार्थीहरुले उनलाई प्रश्न गरे।
प्रश्न: तपाईको नाम के हो?
उत्तरः मेरो नाम रानी हो, सोयामोई मेरो पारिवारिक नाम, थर, हाे। म उडिसाको मूल निवासी हु।… अरु केहि सोध्न छ ?
दर्शक दिर्घामा रहेकि एकजना दुब्ली – पातली छात्रा हात उचालेर खडा भईन।
रानी सोयामोई: ” सोध, नानी…”
छात्रा: “मैडम, तपाई किन मेकअप गर्नु हुन्न ?”
शिक्षिकाकाे अनुहार अचानक पहेलो भयो। उनको निधारमा हल्का पसीना अायो । उनको अनुहारको मुस्कान फिका देखियो। दर्शक अचानक चुप भए।
उनले टेबलमा राखिएको पानीको बोतल खोलिन र अलिकति पानि पिईन। त्यस पछि उनले बिस्तारै ति छात्रालाई बस्नका लागि इशारा गरिन।
तब उनि विस्तारै बोल्न लागिन…” नानु, तिमीले एउटा व्याकुल बनाउने खालको प्रश्न सोधेकि छौ। यो यस्तो प्रश्न हो, जसकाे उत्तर एउटा शब्दमा दिन सकिदैन। यसको जवाफमा मैले तिमिलाई मेरो आफ्नै जीवनकाे कथा सुनाउनु पर्ने हुन्छ। मलाई भन कि, मेरो कथा सुन्न का लागि के तिमी आफ्नो बहुमुल्य दस मिनटको समय निकाल्न तयार छौ ?”
छात्रा: “तयार छु…”
रानी सोयामोई: “ मेरो जन्म उडिसाको एउटा आदिवासी इलाकामा भएको थियो। त्यहाँको कोडरमा जिल्लाको आदिवासी इलाकामा एउटा सानो झुपडीमा म जन्मिएको थिए, जुन “ अभ्रख” काे खनिजले भरिएको थियो।
मेरा पिता र माता दुबै खनिक ( खानी खन्ने मजदुर) थिए। मेरा दुर्इ जना दाजु र एकजना सानी बहिनी थिईन। हामीहरु एउटा निकै सानो झुपडीमा बस्थ्यौ, जुन पानि पर्दा चुहिन्थ्यो। मेरा माता पिता बाध्य भएर त्यहिको खानीमा न्यून ज्यालामा काम गर्नु हुन्थ्यो। किनकी, याे बाहेक, त्यो ठाउँमा अरु कुनै काम पाइदैन थियो। यो धेरै फोहोरी काम थियो।
जतिबेला म चार बर्ष कि थिए, तब मेरा माता पिता र दाजुहरु कुनै विमारीको कारण ओछ्यान पर्नु भएकाे थियो। त्यो बेलामा उहाँ हरुलाई यो थाहा थिएन कि, यो विमारीकाे मूल कारण खानीमा रहेको अभ्रखकाे धुलो फोक्सोमा पुग्नु थियो। “
जब म पाँच वर्ष कि थिए, त्यहि विमारीकाे कारणले मेरा दाजु हरु मरे ।”
( उनको गला अवरुद्ध हुन्छ, वोल्न रोकिन्छ र आफ्नो रूमाल निकालेर आँसु पुच्छिन।)
” प्राय हरेक दिन हाम्रो भोजनमा सादा पानी र एउटा या दुर्इ वटा रोटी मात्र हुन्थ्यो। मेरा दुर्इ दाजु हरुले गम्भीर विमारी र भोकको कारणले गर्दा याे सन्सार छाडेर गए। मेरो गाउँमा डाक्टर त छाडौ, स्कूल पनि थिएन। के तपाई हरु यस्तो गाउँको कल्पना गर्न सक्नुहुन्छ जहाँ स्कूल, अस्पताल या शौचालय छैन, बिजुली छैन?
एक दिन मेरा पिताले मेरो भोको पेट सगै हाड र छाला मात्र भएको हात समाउनु भयो र मलाई जस्ता पाताले छोपिएको एउटा ठुलो खानीमा लिएर जानु भयो। यो एउटा त्यस्तो अभ्रखको खानी थियो, जसले समय सगै धेरै बदनामी कमाएको थियो।”
यो एउटा पुरानो खानी थियो, जसलाई निरन्तर खनिदै आइएको थियो, जुन अन्त्यहीन रुपमा पाताल सम्म फैलिएको थियो। त्यहाँ मेराे काम भनेको सबै भन्दा तलको सानाे सानाे ओडार ( गुफा) हरुमा घस्रिएर हिड्नु र अभ्रखकाे काचो धाहु जम्मा गर्नु थियो। यस्तो काम केवल दस वर्ष भन्दा मुनिका बालबालिका हरु बाट मात्रै सम्भव थियो।”
यो काम शुरु गरेको दिन, मैले मेरो जीवनमा पहिलो पटक पेट भरि रोटी खाए। तर, त्यो दिन मलाई उल्टी (वमिट) भयो।
जति बेला म एक कक्षामा हुनु पर्ने थियो, त्यो बेला म अँध्यारो गुफाहरुमा अभ्रख जम्मा गरि रहेकि थिए, जहाँ म “विषालु धुलो” मा सास लिई रहेकि थिए।
कहिले काही ‘भूस्खलन’(पहिरो ) आएर दुर्भाग्यपूर्ण बालवालिका हरुकाे मृत्यु हुनु असामान्य थिएन । अनि, कहिले काही ‘घातक विमारी’ बाट पनि मर्ने गर्दथे।
हरेक दिन आठ घन्टा सम्म काम गरे पछि मात्र, तपाईले कमसेकम भोजनकाे लागि कमाउन हुन्थ्यो। म भोक र हरेक दिनको विषालु ग्याँस लिनु पर्ने कारणले गर्दा दुब्ली र निर्जलित ( शरीरमा पानि नभएको) भएकी थिए।
एक वर्ष पछि मेरी बहिनी पनि खानीमा काम गर्न लागिन। मेरो पिताजी पनि केहि ठीक भएर काम गर्न शुरु गर्नु भयो। यस्तो समय आयो कि, मेरो पिता, माता, बहिनी र म सँग सँगै काम गर्थ्यौ र हामी कमसेकम भोकै बस्न छाडेका थियौ।”
तर, फेरि भाग्यले हामीलाई अर्को तरिका बाट सताउन थाल्यो। एकदिन, जब म प्रचण्ड ज्वरोको कारण काममा जान नसकेर घरमा नै बसेको थिए, अचानक ठुलो वर्षा भयो। वर्षाले गर्दा खानी भित्र काम गर्ने मजदुर माथि पहिरो जानाले सयकडौ मानिस पुरिएर मरे । त्यसमा मेरो पिता, माता र बहिनी पनि परेका थिए ।
(रानीका दुबै आँखा हरुबाट आँसू बग्न लागे। दर्शकहरु हरेक कोहिले श्वास लिन पनि बिर्सिए। कयौ मानिस हरुका आँखा आँशुले भरिएका थिए)
” यहाँ हरुले याद गर्नू पर्दछ, त्याे बेला म मात्र छ वर्ष कि थिए। आखिरमा म सरकारी अगाती मन्दिर पुर्याईए। त्यहाँ मेरो शिक्षा दिक्षा भयो। मैले आफ्नै गाँउमा पहिलो अक्षर-पद्धति सिकेको थिए। अनन्तोगत्वा, यहाँ शिक्षकको रूपमा तपाईहरुकाे सामुन्ने छु।
तपाई हरुले सोचि रहनु भएको हाेला कि, यि सबै कुरा र मैले किन मेकअप गर्दिन भन्ने कुराका बीच कस्तो सम्बन्ध छ? “
( उनले दर्शकहरु तिर हेर्दै भनिन। )
“आफ्नो शिक्षाकै बेला मलाई अनुभुति भएकाे थियो कि, ति दिन हरुमा, अँध्यारोमा घिस्रिदै मैले जुन सारा अभ्रक भेला गरेकि थिए, त्यसको प्रयोग मेकअप उत्पादनमा गरिन्थ्यो। अभ्रख पहिलो प्रकारको मोती जस्तै सिलिकेट खनिज हो। कयौ ठूला ठूला कस्मेटिक कम्पनीहरु द्वारा उत्पादन गरिने मेकअपकाे लागि यो खनिज प्रमुख पदार्थ हो। तपाईको छालाको लागि सवै भन्दा चम्किलो रङ्ग बहुरङ्गी अभ्रख बाट नै बन्दछ, जसलाई २०,००० जना स-साना बालवालिका हरुले आफ्नो ज्यान जोखिममा राखेर निकाल्छन।
गुलाबकाे कोमलता उनिहरु कै जलेका सपना हरु, उनिहरुकै भत्किएको जीवन र चट्टानहरुका बीच कुल्चिएको उनिहरुको रगत र मासु सगै तपाईहरुकाे गाला हरुमा फैलिन्छ। हाम्रो सुन्दरता बढाउन कै लागि, आज पनि त्यो खानीमा स- साना बालवालिका हरुका हातले उठाएका लाखौ डलर पर्ने अभ्रखको प्रयोग गरिन्छ। “
अब यहाँ हरुले नै भन्नु होस। म आफ्नो अनुहारमा कसरि मेकअप लगाउ ? म आफ्ना दाजुहरुकाे सम्झनामा पेटभरि कसरि खाउ, जो भोकले मरेका थिए ? म आफ्नी आमाको यादमा महंगो रेशमी कपडा कसरि लगाउ, जसले सपनामा पनि फाटेको कपडाको बारेमा कहिल्यै सोचेकी थिईनन ?”
जब रानी मञ्च बाट निक्लिएर गईन, सारा दर्शक आपसे आप उभिन्छन्, उनिहरुको आँखा भरि आँसु थियो, त्यहि पनि ओठमा हल्का मुस्कान छ, गर्वले सिर ठाडो थियो, छाति फुलेको थियो।
(उडिसामा अहिले पनि उच्चतम गुणस्तरको अभ्रक खन्ने कार्य गरिन्छ। २०००० भन्दा अधिक साना बालवालिकाहरु बिद्यालय नगई कन त्यहाँ काम गरि रहेका हुन्छ्न। त्यहा काम गर्ने अधिकांस बालबालिकाहरु कोहि भूस्खलन बाट त, कोहि रोगको कारणले मरि रहेका छ्न …)
कयौ वर्ष पछि ….. ति महिला, भारत गणराज्यको पहिलो नागरिक बनिन, महामहिम राष्ट्रपति, श्रीमती द्रौपदी मुर्मु।
प्रकाशित मिति: २४ असार २०८१, सोमबार