Trending
>>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम >>   कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान >>   भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो >>   कानून व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छः मन्त्री चौरसिया >>   भूमि व्यवस्था मन्त्रालयमा बलराम अधिकारीको एक वर्षः ७०७ रोपनी जग्गा सरकारको नाममा फिर्ता >>   अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने >>   विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
Logo
२ श्रावण २०८२, बिहीबार
२ श्रावण २०८२, बिहीबार

नेजा अध्यक्षद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट


नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री दाहालसँगको भेटघाटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैरआवासीय नेपालीका मुद्दालगायत विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीसँग भेटका क्रममा पत्रकारको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयबारे जानकारी गराए”, उहाँले भन्नुभयो । यस्तै, नेजाका अध्यक्ष न्यौपानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसँग अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराउनुभएको थियो । “अमेरिकामा विभिन्न क्षेत्रमा आवद्ध पत्रकारले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराए”, नेजा अध्यक्ष न्यौपानेले भन्नुभयो । भेटघाटका अवसरमा उहाँले प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँ सुर्खेतमा आयोजना गरिएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभामा भाग लिन अमेरिकाबाट नेपाल आउनुभएको हो । अध्यक्ष न्यौपानेले महासङ्घसँग समन्वय गरी नेजाले आगामी दिनमा खेल्ने भूमिकाका सन्दर्भमा विभिन्न प्रदेशमा छलफलसमेत गरिसक्नुभएको छ ।


प्रकाशित मिति: २२ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?