Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

क्यान्सर चैट बनाउने जलथल जङ्गलमा पाइने कुसुम !


प्रवेश भट्टराई / झापा । के तपाईंले कुसुम देख्नुभएको छ ? तस्बिरमा देखाइएको छ झापामा उत्पादन भएका कुसुमहरु हुन । झापाको जलथल जङ्गलमा भने अर्कै थरी कुसुम पाइँदो रहेछ । विद्युतीय सञ्जालमा ‘बर्मिज ग्रेप’ भनेर खोजे प्रशस्त जानकारी पाइने यो कुसुमको वैज्ञानिक नाम ‘ब्याकुरिआ रेमीफ्लोरा’ हो। अघिल्लो र पछिल्लो कुसुम क्रमशः ‘सेपिन्डेसी’ र ‘फाइलेन्थेसी’ वनस्पति परिवारकाहुन् । बर्मिज ग्रेप उपनामबाटै अनुमान लगाउन सकिन्छ, यो बर्मामा प्रशस्त पाइनुुपर्छ र आकार अंगुर जस्तो हुनुपर्छ । जानकारहरूका अनुसार, जलथलमा यो फललाई आकार र स्वादका कारण कुसुम भनिएको हो ।

नेपालमा बर्मिज ग्रेप इलामको गाँजाबारी र चितवन राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा राप्ती नदी नजिक पाइएको अभिलेख प्रकाशित छ । योे फलमा भिटामिन सी, प्रोटिन र आइरन प्रशस्त हुुन्छ। भारतको गुहाटी विश्वविद्यालयका विश्वदीप गगोईले सन् २०१७ मा ब्याकुरिआ रेमीफ्लोराबारे एन्नल्स अफ् प्लान्ट साइन्स जर्नलमा यो वनस्पतिका बोक्रा, पात, बिउ सबै औषधि बनाउन प्रयोग हुन्छन् भनेर लेखेका छन्।

यस्तै, मेघा राघवन र एमडी रामजनले जर्नल अफ मेडिसिन प्लान्टस् को वर्ष ६ अंक ३ मा ‘बर्मिज ग्रेपः अ प्रोमिसिङ फ्रुट क्रप फर फ्युचर जेनेरेसन्स्’ (सन् २०१८) भन्ने लेखमा यसलाई भावी पिँढीका निम्ति एक महत्त्वपूर्ण फल प्रजातिका रूपमा चित्रित गरेका छन्।

बर्मिज ग्रेप फलको रसमा कार्बोहाइड्रेड, पानी, फाइबर, प्रोटिन, आस र लिपिड क्रमशः ५१.८, ३५.५, २०.४, ५.८५, ३.८४ र ०.७३ प्रतिशत हुन्छन्। सय ग्राम फलको रसमा पोटासियम, म्याग्नेसियम, फस्फोरस, आइरन, क्याल्सियम, सोडियम क्रमशः ७३०, ५०४, १३२, १००, ७५ र ३५ एमजी हुने जनाइएको छ।
ब्याकुरिआ जातिका वनस्पति विशेषतः दक्षिण–पूर्व र दक्षिण एसियामा पाइन्छन्। यसका अहिलेसम्म ५० भन्दा बढी प्रजाति सूचीकृत भएका छन्। तीमध्ये नेपालमा एउटा मात्र प्रजाति पाइएको छ भने भारतमा तीन प्रजाति भेटिएका छन्। यो वनस्पतिबारे नेपालमा थप खोजबिन जरुरी छ।कुसुम हप्ता दिनमा तयार हुने कुसुमका केही गुणहरू छन । ति हुन ।

१ शरीरको प्रतिरक्षा शक्ति मजबुत बनाउछ ।
२ क्यान्सर हुनबाट बचाउँछ ।
३ रक्तचाप कम गर्छ ।
४ मुटु रोगबाट बचाउँछ ।
५उच्च कोलेस्ट्रोल कम गर्छ ।
६मधुमेहबाट बचाउँछ ।
७ मस्तिष्क स्वास्थ्य कायम राख्न मद्दत गर्दछ।
८ हड्डी स्वस्थ राख्न मदत गर्दछ । आदि


प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?