Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

असार १५ : दही चिउरा खाने दिनकाे महत्व के छ?


नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही(चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवाती दिनको रुपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ। यस वर्ष जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि धान दिवस मनाइन्छ।

सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो। त्यसै गरी नेपालमा पनि कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको हो।

सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धानखेती हुँदै आएको छ। सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि र सिप आम किसान माझ अझ पुग्न नसकेका कारण खेती योग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि विज्ञहरूको भनाई छ।

नेपाली संस्कृति अनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन छ। खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ।वर्षा याममा हिलाम्य भएको शरीरमा दहि खाँदा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन्। यो दिन अधिकांश नेपालीले दहि चिउरा खान्छन्। दहिको महत्व धेरै छ। यो दिन अरू दिनको तुलनामा धेरै दहि खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्ता अघिबाट दहिको जोहो गरेर राख्छन्। दहि नपाइएला भनेर ग्राहकहरू अघिल्लो दिनदेखि नै दहि खरिद गरि राख्छन्। यस दिन बेलुकापख डेरी पसलहरूमा दहि नपुग हुन्छ।


प्रकाशित मिति: १५ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?