Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

अग्नि सापकोटा विरुद्धकाे ज्यान मुद्दामा फैसला असार १२ मा !


काठमाडाैं । सर्वोच्च अदालतले पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा आगामी असार १२ गते फैसला सुनाउने भएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धका क्रममा काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी दायर मुद्दामा सर्वोच्चले सुनुवाई सकेर फैसला सुनाउने भएको हो ।

लामाको हत्यामा संलग्न रहेको भन्दै श्रीमती पूर्णिमाया लामाले सापकोटालगायत विरुद्धको जाहेरीका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासले सुनुवाई सकेसँगै फैसला सुनाउने मिति तोकेको छ ।

अर्जुन लामालाई २०६२ वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता पारिएको थियो । साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूँदै पुरेको भनी पूर्णिमायाले जाहेरी दिनुभएको थियो ।

तर प्रहरीले जाहेरी लिन नमानेपछि सर्वोच्चमा २०६९ मंसिरमा पूर्णिमायाले माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?