Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अग्नि सापकोटा विरुद्धकाे ज्यान मुद्दामा फैसला असार १२ मा !


काठमाडाैं । सर्वोच्च अदालतले पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा आगामी असार १२ गते फैसला सुनाउने भएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धका क्रममा काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी दायर मुद्दामा सर्वोच्चले सुनुवाई सकेर फैसला सुनाउने भएको हो ।

लामाको हत्यामा संलग्न रहेको भन्दै श्रीमती पूर्णिमाया लामाले सापकोटालगायत विरुद्धको जाहेरीका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासले सुनुवाई सकेसँगै फैसला सुनाउने मिति तोकेको छ ।

अर्जुन लामालाई २०६२ वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता पारिएको थियो । साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूँदै पुरेको भनी पूर्णिमायाले जाहेरी दिनुभएको थियो ।

तर प्रहरीले जाहेरी लिन नमानेपछि सर्वोच्चमा २०६९ मंसिरमा पूर्णिमायाले माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?