Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भारतीय लोकसभा चुनावको नतिजा आज सार्वजनिक हुने


काठमाडौँ । भारतीय लोकसभा चुनावको नतिजा आज सार्वजनिक हुने भएको छ । यसै मतदानको नतिजा अनुसारनै भारतमा कुन दल वा गठबन्धनले अर्को सरकार बनाउने भन्ने टुङ्गो लाग्नेछ ।

सबै ५४२ लोकसभा सिटहरूको मतगणना आज बिहान ८ बजे सुरु हुनेछ। पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ ।कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताएका थिए ।

जसमध्ये महिला मतदाताको सङ्ख्या ३१.२ करोड रहेको छ । औसतमा कुल मतदान ५८ दशमलव ५८ प्रतिशत भएको छ । राजीव कुमारकाअनुसार यस सम्पूर्ण प्रक्रियामा १.५ करोड चुनावी कर्मचारी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। १७ औँ लोकसभाको कार्यकाल १६ जुनमा सकिँदै छ।


प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?