Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

तत्कालीन राजा वीरेन्द्रको स्मृतिमा दीप प्रज्वलन तथा स्मृतिसभा


काठमाडौँ। तत्कालीन राजा वीरेन्द्रको २३औँ स्मृति दिवसमा आज साँझ नारायणहिटी दरबारलगायत क्षेत्रमा दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित विभिन्न सङ्घसंस्थाद्वारा आयोजित कार्यक्रममा वीरेन्द्रको परिवारको तस्बिरमा माल्यार्पणका साथै दी प्रज्वलन गरिएको थियो । कार्यक्रममा राष्ट्र निर्माणमा वीरेन्द्रको योगदानको चर्चा गरिएको थियो ।यसैबीच वीरेन्द्र शान्ति प्रतिष्ठानले जावलाखेलस्थित सालिकमा माल्यार्पणसहित स्मृतिसभा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले राजा वीरेन्द्रले मुलुकको राष्ट्रियता, औद्योगिक विकास गरी जनतालाई समृद्ध बनाउन र प्रजातान्त्रिक व्यवस्था स्थापनामा ठूलो योगदान पुर्याएको बताएका छन् ।

प्रतिष्ठानका सचिव रञ्जित धमलाले राष्ट्रप्रेमी राजा वीरेन्द्रको शान्ति अभियानका साथै नेपाली जनतालाई गरेको प्रेम, विश्वास, विश्व शान्ति र समृद्ध नेपाल निर्माणका लागि गरेको योगदानलाई हामीले कहिल्यै भुल्न नहुने विचार व्यक्त गरे। राष्ट्रिय खेलाडी कृष्णभक्त न्यौपाने, समाजसेवी लक्ष्मी अधिकारीलगायतले स्व राजा वीरेन्द्रलाई राष्ट्रले उच्च सम्मान गर्नसक्नुपर्ने बताएका छन् ।

विसं २००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्डमा राजपरिवारका १० सदस्यसँगै हत्या भएको थियो ।


प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?