Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

‘सिराेहिया सर ! श्रमको मुल्य मागरे चिच्याउँदा नआउने,पक्राऊ पर्ने भएपछि अफिस कु्र्न किन?’


-जन्मदेव जैशी

हामी कान्तिपुरको सम्पादकीय स्वतन्त्रता र कान्तिपुरले लोकतन्त्र प्राप्तिको आन्दोलनमा खेलेको भूमिकालाई सम्मान मात्र हैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर पैरवी गरिरहनेछौं । कान्तिपुरको त्यो योगदान ३ दशकभन्दा बढि पसिना बगाउने बौद्धिक श्रम गर्ने पत्रकारले गरेका हुन्। उनीहरुलाई अलि अघि घोक्र्याठ्याक लाउँदा हामी आन्दोलित भयौं। कान्तिपुरको साहुले सम्पादकीय स्वतन्त्रता खोसेर त्यसलाई राजनीतिक आन्दोलन भन्न लगाए।

साहु कैलाश सिरोहिया पक्राउ पर्दा मिडियामाथि हस्तक्षेप भनियो। त्यो कदापि हैन। साहुले दोहोरो नागरिकता लिएकोबारे छानिवन गर्नुपर्छ। श्रमको मुल्य देउ भनेर हामी गेटमा ४५ दिनसम्म चिच्याउँदा कैलाशजी अफिस आएनन् किन ? अनि पक्राऊ पुर्जी जारी भएपछि विहानैदेखि अफिस कु्र्ने त्यही हल्ला गर्नलाई ? श्रम शोषकहरु ! कान्तिपुरको योगदानलाई निजी नबनाऊ। तिम्रो पैसा लगानी हो, पत्रकारको त बौद्धिक क्षमता लगानी भएको छ। उनको श्रमको मुल्य देऊ। पेशामाथि राजनिति नगर।

पेशालाई आफु अनुकुल व्याख्या गर्र्ने, पत्रकारितामा लगानी कालोलाई सेतो र देखाउने दाँत बनाउनेहरुबाट नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संटकमा पारिदैछ।गृहमन्त्री रवि लामिछाने पनि “मिडियामा आएकै भरमा विश्वास गर्न सकिदैन भन्दै सदनमा चिच्याउने ? मिडिया साहु र गृहमन्त्रीको बदलाभावले निम्त्याएको टकरावको सिकार प्रेस जगत हुनुपर्ने ? मिडियाप्रति अनुदार गृहमन्त्रीको हर्कत र मिडियाको नाममा राजनीति गरेर मिडिया बदनाम गर्ने कैलाश प्रवृतिविरुद्ध सञ्चारमैत्री एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षभर सबै एक हौं।

जयपत्रकारिता।


प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?