Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दक्षिण कोरियामा मुसलधारे वर्षाबाट २ जनाको मृत्यु


एजेन्सी। दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने अनुमान गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

बुधवार दिउँसो ग्योन्गी प्रान्तमा चलिरहेको सवारी साधनमा पर्खाल भत्किँदा ४० वर्षीय एक चालकको मृत्यु भएको थियो । बिहीवार बिहान दक्षिण चुङचियोङ प्रान्तमा बाढीले भरिएको सवारी साधन भित्रबाट ६० वर्षीय एक व्यक्तिको मृत्यु भयो ।

मुसलधारे वर्षाबाढ पीडित १ हजार ७० जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीवार बिहानसम्म १ हजार ४१ जना अस्थायी आश्रयस्थलमा रहेका छन् । मौसम एजेन्सीले शनिवारसम्म देशमा थप वर्षा हुने अनुमान गरेको छ ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?