Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

दक्षिण कोरियामा मुसलधारे वर्षाबाट २ जनाको मृत्यु


एजेन्सी। दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने अनुमान गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

बुधवार दिउँसो ग्योन्गी प्रान्तमा चलिरहेको सवारी साधनमा पर्खाल भत्किँदा ४० वर्षीय एक चालकको मृत्यु भएको थियो । बिहीवार बिहान दक्षिण चुङचियोङ प्रान्तमा बाढीले भरिएको सवारी साधन भित्रबाट ६० वर्षीय एक व्यक्तिको मृत्यु भयो ।

मुसलधारे वर्षाबाढ पीडित १ हजार ७० जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीवार बिहानसम्म १ हजार ४१ जना अस्थायी आश्रयस्थलमा रहेका छन् । मौसम एजेन्सीले शनिवारसम्म देशमा थप वर्षा हुने अनुमान गरेको छ ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?